खोजखबर

वडाध्यक्षको गाडीमा बम विस्फोट

सौर्य अनलाइन २०७६ मंसिर ९ गते ८:३२ मा प्रकाशित

कास्की । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम विष्फोट भएको छ । घरमै पार्किङ गरेर राखिएको गाडीमा गएराति साढे २ बजेतिर बम विष्फोट आचार्यले बताए । वडा नम्बर ३३ का अध्यक्ष भए पनि उनी वडा नम्बर १७ मा अवस्थित घरमा बस्दै आएका थिए ।

उनले गाडीमा बम नै विष्फोट भएको बताए । विष्फोटबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ । बम विष्फोट कसले र किन गराएको भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय