एलएलाई उपाधि

काठमाडौं । लिटिल एन्जल्स (एलए) स्कुलले २६औँ एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताको ब्वाइज फुटबल उपाधि बुधबार जितेको छ । खोखनास्थित आयोजक ज्ञानोदय बाल वाटिकाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा एलएले मल्पीलाई ३–२ गोलले पराजित ग¥यो । एलएका विशालप्रसाद मगरले २ र बसन्त दुराले १ गोल गरे । मल्पीका वित्निटले २ गोल फर्काए । एलएका विसम पुन मगर उत्कृष्ट खेलाडी घोषित भए ।

नेटबलमा रिलायन्स पब्लिक स्कुल र मल्पी उपाधिका लागि भिड्ने भएका छन् । रिलायन्सले रिलायन्स इन्टरनेसनल स्कुललाई ३२–२१ ले हरायो । रिलायन्सकी ओजस्वी निरौलाले २९ अंक जोडिन् । मल्पीले हिमालयलाई ४१–१० ले पाखा लगायो । मल्पीकी कृतिका सैजुले २९ स्कोर गरिन् । ब्वाइज बास्केटबलमा पुष्पसदनले निर्मललाई ५२–५१ तथा श्री मंगलदीपले मल्पीलाई ३९–२५ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पुष्पसदनका सुदिन शाक्यले १६ तथा मंगलदीपका जिग्मे छिरिङले १५ अंक जोडे ।

प्रतिक्रिया