शुभकालिकामा संयुक्त अनुगमन

कालिकोट । कालीकोट जिल्ला स्थित प्रशासन, प्रहरी,पत्रकार,नागरिक समाज,जिल्ला तथा गाउँपालिका स्तरिय सरोकारवालाहरूमार्फत स्थानिय तहमा शिफारिस संयन्त्रको प्रभावकारी कार्यान्वयन र हिंसा रहित अभिभाकत्व एवं बालबालिकाका बिषयमा संयुक्त अनुगमन गरिएको छ ।

जिल्लाको शुभकालिका गाउँपालिका वडा नं २ मा आज एक कार्यक्रमको आयोजना गरि बिद्यालय र समुदायमा बालबालिकाले गरेका गर्न हुने गर्न नहुने काम पहिचान गरि बालबालिकाको शिक्षाको अवस्था बारे प्रष्ट पार्दै आगामी दिनको रणनिति तय गर्ने हिंसा रहित अविभाकत्व सञ्चालन भएका वडाहरूमा बालकालिकाको बास्तविक अवस्था बुझेर सहज बातावरण बनाउने उद्देश्यले अनुगमनको आयोजना गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीको प्रमुख आथित्यमा शुभकालिका गाउँपालिका वडा नं २ का वडाअध्यक्ष मन बहादुर शाही राजेशको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ईन्द्र बहादुर मल्ल र परियोजना संयोजक प्रकाश ब. शाहीको विशेष आथित्यमा कार्यक्रम भएको हो ।

किर्डाक नेपाल कालिकोटद्वारा सञ्चालित सहयात्रा परियोजनामार्फत सञ्चालन भएका योजना बालबालिकाका कार्यलगायतको अवस्था राम्रो रहेको अनुगमन समितिले निष्कर्ष निकालेको छ । कार्यक्रममा नागरिक समाजका संयोजक काली ब मल्ल, ईन्सेक प्रतिनिधि रमेश सोनी, रेडियो चंखेलीका कार्यक्रम संयोजक हस्त चौलागाइँ, पत्रकार भरतराज बिष्ट, कर्ण कुमाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया