विश्वप्रसिद्ध गढीमाई मेला सुरु

बारा । प्रत्येक पाँच वर्षमा लाग्ने बाराको बरियारपुरस्थित विश्व प्रसिद्ध गढीमाई मेला १ मंसिर आइतवारबाट सुरु भएको छ । विश्वकै बढी बलि चढ्ने शक्तिपीठहरू मध्येको पहिलो स्थानमा रहेको गढीमाई मन्दिरमा अहिंसावादीहरूले आआफ्ना ढंगले बलि रोक्ने रोकाउने प्रयास गरे पनि पछिल्ला वर्षमा बलिको संख्यामा वृद्धि हुँदै आएको छ ।

मेलामा आउने भक्तजनहरूमध्ये भारतबाट मात्रै ६५ प्रतिशत आउने र बलि चढाउनका लागि पशुहरूसमेत उनीहरूले नै बढी ल्याउने गरेको मेला समितिले जनाएको छ । एक गतेबाट सुरु भएको यो मेलामा १७ मंसिरदेखि मन्दिर परिसरमा भाकल गरेका परेवाहरू उडाउने गरिन्छ । १७ गते राती विधिवत पूजा आराधना गरेपछि १२ बजे शुभसाइतको समय निकालेर ब्रह्म स्थानमा पञ्चबलि (बोका, मुसा, कुखुरा, सुंगुर, हाँस र बनारसका डोम राजाले पठाएको राँगा) पछि सम्पूर्ण राँगाको बलि खुल्छ । १८ गते अन्य बलि आआफ्ना सुविधाअनुसार दिइने मन्दिरका पुजारी मंगल चौधरी थारूले जानकारी दिए ।

अत्यधिक मात्रामा बली हुँने हुँदा राँगाको बलि तोकिएको स्थानमा र अन्य पशुको बलि मन्दिर परिसरबाट नौ किमिलाई मानिएको छ भने बलि पनि भाकल गर्नेहरूले आपूmलाई पायक पर्ने स्थानमा दिने चलन छ । १७ र १८ गतेलाई बलि चडाउने दिन तोकिएको छ । मन्दिरका मूल पुजारी मंगल चौधरीका अनुसार १७ मंसिर राती १२ बजेपछि नरबलि स्वरूप तान्त्रिकले निधार, जिब्रो, कान र छातीबाट एक÷एक थोपा रगत चढाएपछि बत्ती आफैँ प्रज्वलित भई विधिवत तरिकाले कार्यक्रम अगाडि बढ्ने बताए ।

शान्तिपूर्ण रूपमा मेला सम्पन्न गर्नका लागि यात्रुहरूको व्यवस्थालाई सहज बनाउन आवश्यकताअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानलाई खटाएर सुरक्षा मिलाउने बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए । भारतको सितामढी बैरगेनीया, घोडासन, आदापुर रक्सौल, नेपालको वीरगञ्ज, कलैया, गौर, पिलुवा लगायतका मार्गबाट सजिलै मेला स्थल पुग्न सकिने ब्यवस्था मेला समितिले बताएको छ ।

प्रतिक्रिया