अर्थबजार

लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड

सौर्य अनलाइन २०७६ मंसिर १ गते १८:२८ मा प्रकाशित

काठमाडौं । लक्ष्मी बैंकद्वारा निष्कासित २ अर्ब मूल्य बराबरको १० प्रतिशत ब्याजदरको लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड भएको छ । कुल निष्कासित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारण तर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९,९९६ कित्ता र व्यक्तिगत तवरतर्फ २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९,२०,००४ कित्ता ऋणपत्र बाँडफाँड भएको हो ।

लक्ष्मी बैंकले ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टबाट सेवा प्रवाह गरेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय