हास्यप्रधान ‘१२ सत्ताइस’

काठमाडौं । जोन योञ्जनले निर्देशन गरेको चलत्रिच ‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक भएको छ । २७ मंसिरबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायतका कलाकारको अभिनय छ ।

कमेडी जनरामा आधारित यो चलचित्रमा दीपक आरजेको संगीत रहेको छ । अनिश स्याङ्देनको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको यस चलचित्रको कथा निर्देशक स्वयंले लेखेका हुन् । रेणु राना, दीपक खतिवडा र रूपक थापाको प्रमुख लगानीमा निर्मित सिनेमामा गौतम शाहको सहलगानी छ ।

प्रतिक्रिया