एनसेलले ल्यायो गज्जबको ‘भ्वाइस प्याक’ अफर

काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुको लागि अर्को गज्जबको अफर ल्याएको छ। एनसेलले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । एनसेल प्रिपेड ग्राहकहरुले अब देशभित्र अरु नेटवर्कमा सुलभ दरमा कुरा गर्न सक्नेछन् । ग्राकहले कर बाहेक प्रति मिनेट १ को दरमा देश भित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्नेछन्। यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रति मिनेट रु १.९९ लाग्दछ ।

यो अल नेट भ्वाइस प्याक मंगलबार (कार्तिक २६) देखि सञ्चालनमा आएको छ । यस प्याक अन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम कर बाहेक रु २० (कर सहित रु २५.५४) मा लिन सक्छन् । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले *१७११८*७# डायल गर्न सक्छन् । प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ । यो अफर माघ २६ गते सम्म संचालनमा रहने छ ।

प्रतिक्रिया