किसानलाई आयस्रोतको मुख्य आधार ईको ट्वाइेलेट

कालीकोट । शुभकालिका गाउँपालिका वडा नं २ का कौशिला शाही र कृष्ण रोकाया दुवै जना गरिव जेहेन्दार घर परिवारका हुन् । उनिहरुको घर परिवारमा ३ महिना पनि खान लाउन र छोरा छोरी लाई विद्यालयमा पठन पाठन गराउन हम्य हम्य हुन्थ्यो ।

छिमेकी देश भारतमा गइ आम्दानी गरी घरपरिवार पाल्दै आएका कौशीलाका श्रीमान र कृष्ण अहिले इको ट्वाइलेटलाई मुख्य आम्दानीको श्रोत बनाइरहेका छन् । खेती योग्य जमिन थोरै भएका यीनीहरुको परिवारमा वर्षभरी आम्दानी गरेको रैथाने बाली ३–४ महिना सम्म खान पुग्दैन थियो ।

टिडिएच विएम जेट जर्मनको आर्थिक सहयोग,मानव अधिकार तथा बातावरण विकास केन्द्र (हूरुन्डेक) नेपाल कालीकोटको सहयोग–सहजिकरणमा हिमाली क्षेत्रका स्रोतहरुको दिगथो सदुपयोग कार्यक्रम अन्र्तगत इको ट्वाइलेट संचालनमा ल्याएसँगै स्थानियहरुले राम्रो आम्दानी गर्न थालेका छन् ।

तरकारी खेती गरीरहेका कृषकहरुले शौचालय निर्माण गरी इको ट्वाइलेट जडान गरेर ट्वाइलेटमा जम्मा भएको पिसाबमा १ भाग पिसाब, ५ भाग पानी मिसाएर हजारीबाट खेतबारीमा प्रयोग गर्दा हाल प्रसस्तै तरकारी उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका छन् । तरकारीमा किरा नलाग्ने, अन्य मल, किटनाशक औषधी प्रयोग नगर्नुपर्ने रोगहरु नलाग्ने भएपछी किसानहरुको बारीमा लटरम्म फलफुल तथा तरकारी छन् । यस्ले गर्दा उनिहरुले दैनिक २५ सय सम्म आम्दानी गरिरहेका छन् ।

स्थानिय कौसिल्ला शाहीले भनिन्, ‘ईको ट्वाईलेट पिनको जडानवाट जम्मा गरिएको पिसाव र पानि वाटै तरकारीवारीमा प्रयोग गर्दा प्रसस्त मात्रमा तरकारी उत्पादन हुन्छ, मानव स्वास्थ्यमा सुधार आउनुको साथै तरकारी वेचेर आय स्तरमा वृद्धि भएको छ, जसले गर्दा हामी महिलाहरुमा हाल तरकारी दैनिक दिनमा प्रयोग गर्दा स्वास्थ्यमा सुधार र मोटोपना एवं आखाँ तेजिलो हुने भएकाले विभिन्न रोगवाट मुतm भएको छ ।’

कौशीला मात्र हैनन् यस वडाका अन्य महिलाहरु पनि आजकल इको ट्वाइलेटको प्रयोग गर्नतर्फ लागि परेका छन् । इको ट्वाइलेटबाटै छोराछोरी स्कुलमा पढाउनेदेखि घर खर्च पनि टार्न सहयोग यहाँका महिलाहरु पुरुषहरुलाई सहज भएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया