१५ वर्ष बित्दा पनि सेवा सुचारु भएन

मुगु । छायानाथ रारा नगरपालिका–९ मुर्मामा स्थापित प्रसूतिगृह स्थापना भएको १५ वर्ष बित्दा पनी सेवा सुचारु नहुँदा गर्भवती महिलालाई समस्या भएको छ । गर्भवती भएका महिलालाई सहज होस् भन्ने उद्देश्यले ०६१ सालमा हेल्प नेपाल नेटर्वक नामक संस्थाले हेल्प नेपाल स्वास्थ्यचौकी स्थापना गरिएको भए पनि १५ वर्षदेखि सेवा सुचारु नुहँुदा गर्भवती महिलालाई समस्या भएको हो ।

अन्य सामान्य सेवा सुचारु भए पनि प्रसूतिगृह सञ्चालनमा नआएको हेल्प नेपाल स्वास्थ्यचौकीका इन्चार्ज कृष्ण रावलले जानकारी दिए । उनका अनुसार अन्य सेवा सुचारु भएका छन तर प्रसूतिगृह सञ्चालनका लागि दक्षचिकित्सक नुहुँदा सेवा सुचारु नभएको इन्चार्ज रावलको भनाइ छ । स्वास्थ्यचौकीमा हेल्प नेपाल संस्थाबाट सहयोगार्थ आएका प्रसूतिगृहका सामान पनि दक्षचिकित्सक नहुँदा कोठामा थन्किएका छन् । हेल्थपोस्टमा सामान्य बिरामी आएमा उपचार गर्ने गरेका छाँै । तर, जटिल बिरामीको लागि उपकरण भए पनि दक्षजनशक्ति नहुँदा जिल्ला अस्पताललगायत बाहिर जिल्ला रिफर गर्ने गरेका रावलको भनाइ छ ।

स्थानीय तह छायानाथ रारा नगरपालिकामा कर्मचारीको अभाव छ, दक्षजनशक्ति नहुँदा उपकरणमा खिया लागेका कुरा सुनाउँदा पनि कुनै सुनुवाइ नभएको स्वास्थ्यचौकी व्यवस्थापन समितका अध्यक्ष बिर्खबहादुर रोकायाले बताए । उनका अनुसार स्वास्थ्यचौकीमा अक्सिजन मेसिन, ल्याब मेसिन, माइक्रोसप्ट ल्याप, रगत चेक गर्ने मेसिन, सिरिन्ज निर्मलीकरण मेसिन, तीन किलोवाट क्षमताको बत्ती, इन्टरनेट समेतको व्यवस्था भए पनि कर्मचारी अभावमा उपकरण थन्किएका अध्यक्ष रोकायाको भनाइ छ ।

यता छायानाथ रारा नगरपालिका–९ का वडाअध्यक्ष मणिचन्द्र रोकायाका अनुसार स्थानीयतह छायानाथ रारा नगरपालिकामा यस विषयमा कुरा भए पनि हेल्प नेपालले समस्या गरेको बताए । उनका अनुसार कि हेल्प नेपालले हात भिक्नुप¥यो कि दक्षजनशत्तिको व्यवस्था गरी राम्रो सेवा दिनुप¥यो । हात पनि नझिक्ने सेवा पनि नदिने भएका कारण यो समस्या भएको र समस्या समाधानका लागि यो आवमा तीन लाख रुपैयाँ विनियोजित गरेका वडाध्यक्ष रोकायाले बताए । उनका अनुसार हेल्प नेपाल र स्थानीय तहबीच बिवाद हँुदा सेवा सुचारु भएको छैन । अबका केही दिनमा निष्कर्षसहित सेवा सुचारु गर्ने अध्यक्ष रोकायाको भनाइ छ ।

सुत्केरी हुन ५ घण्टाको पैदल
मुर्मा लगायतका गाउँमा महिलाहरूलाई गर्भवती भएको समय समस्या हुने गरेको स्थानीय बताउँछन् । गर्भवती भएका महिलालाई सुत्केरी गराउन पाँच घण्टाको पैदलयात्रा गरी जिल्ला स्वास्थ्य सेवा कार्यालय ल्याउनुको विकल्प नभएको स्थानीय दीपराज रोकायाले बताए । उनी भन्छन्, ‘गाउँमा प्रसूतिगृह स्थापना भए पनि हाम्रा दुःख पुरानै छन् । नाम मात्रको प्रसूतिगृह भयो ।’

गाउँ नजिकै सेवा पाउने ठाउँ हुदाँहुँदै पाँच घण्टाको पैदल यात्रा गरी सेवा लिनुपर्ने बाध्यताले स्थानीयमा हैरानी त छँदै छ निराशा पनि उस्तै भएको छ । गर्भवती महिलालाई सुत्केरी गराउन डोको काटेर बोक्नुपर्ने बाध्यता रहेको राकोयाको भनाइ छ । मुर्मा स्वास्थ्यचौकीमा सेवा लिन मुर्मा, खत्याड गाउँपालीका चाकपाडे, सेरी, सोरु गाउँपालिकाका, रुम लगायतका स्थानीय र रारा घुम्न आउने पर्यटक बटुवाले सेवा लिने गरेका छन् ।

प्रतिक्रिया