चिनियाँ राष्ट्रपति सीको स्वागत राष्ट्रपति भण्डारीले गर्ने

photo: REUTERS

काठमाडौं । शनिबारदेखि नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाली समकक्षी विद्यादेवी भण्डारीले स्वागत गर्ने भएकी छिन् । चिनियाँ राष्ट्रपति सीलाई समकक्षी भण्डारीले त्रीभुवन विमास्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्ने तय भएको पराष्ट्र स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ पदाधिकारीहरु सीको स्वागतमा त्रिभुवन विमानस्थलमा पुग्नेछन् । सी दुई दिने भ्रमणको लागि भारतको चेन्नइबाट शनिबार दिउँसो काठमाडौं आईपुग्ने छन् । यसअघि भारतका तत्कालीन राष्ट्रपति प्रणम मुखर्जीको स्वागत र विदाइमा राष्ट्रपति भण्डारी आफै सहभागी भएकी थिइन् ।

प्रतिक्रिया