प्राचिन कालमा दुधको धारा बग्ने भैरवीको शिर

दैैलेख । पश्चिम दैैलेखका दुई स्थानिय तह भैरवी गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिका को सिमानामा भैरवी तिर्थस्थल पर्दछ । सोही नामबाट भैरवी गाउँपालिकाको नामाकरण समेत गरिएको छ । दैलेखका पञ्चकोशी तिर्थस्थलको भ्रमण गरिसकेपछि भैरवीमा नुहाए शरिरको रोग नष्ट जनविश्वास रहिआएको छ । दैलेख जिल्ला पहिलेदेखि नै ऐतिहासिक तथा धार्मिक महत्वको जिल्लाका रुपमा चिनिदै आएको छ ।

श्रिस्थाल, नाविस्थान लगाएतका क्षेत्रमा निरन्तर जमिनमुनिबाट ज्वाला बलिरहेको छ । स्थानियवासीको भनाई अनुसार प्राचिन कालमा भैरवीमा देवीदेवताहरुले तपस्या गर्दथे । अर्थात भैरवी देविदेवताहरुको तपोभुमीको रुपमा रहेको स्थानियहरुको दावी छ । दुईवटा दुधको धारा बग्ने र भक्तजनहरुले त्यहीँ खिर पकाएर खाने गर्दथे । तर, एकजना भक्तजनले त्यो दुध घरमा लगेको हुनाले त्यो दुधको धारा पानीको धारामा परिणत भएको किम्वद्धन्ती रहेको छ ।

यति मात्र होइन भैरवीमा रहेका पहरा र पानिको छहरमा विभिन्न देविदेवताहरुको आकृति देख्न सकिने स्थानिय पदम रानाले बताए । जहाँ जेष्ठ, असार र मंसिर महिनामा देविदेवताको पुजा गर्न धामी झाँक्रीसहित नुहाउन जानेको ठुलै लहर हुने पनि रानाले बताए । नुहाउन र पुजाआजा गर्न धेरैजसो चामुण्डाविन्द्रासैनी नगरपालिका र भैरवी गाउँपालिकाबाट आउने गर्छन् । भैरवीलाई पंचकाशी नै पनि भन्ने गरिएको स्थानियहरुले जानकारी दिए ।

भैरवीको शिर भनिने गौमुखा त्यसभन्दा सिधा माथि भैरवी चामुण्डा जोड्ने सडकमा पर्छ । जहाँ पनि देनिदेवताका आकृतिहरु पहरामा देखिने स्थानियले बताए । चामुण्डाविन्द्रासैनी नगरपालिकाबाट नुहाउन भैरवीमा जानुभन्दा शिर मानिने उक्त स्थानमा जान निकै सहज पर्छ । तर, बिडम्बना त्यस स्थानमा न नुहाउने धारा छ न पोखरी नै । चामुण्डाविन्द्रासैनी २ का स्थानियहरुले केही महिना अगाडी रकम जम्मा गरेर मन्दीर निर्माण गरेका छन् ।

स्थानियहरुबाट रकम संकलन गरेर कुल ४३ हजारको लागतमा मन्दिर निर्माण गरिएको स्थानियले जानकारी दिएका छन् । गएको भदौ महिनामा जनै र्पुिणमाको अवसर पारेर मेला पनि लगाइयो । अव भने स्गाथियहरुले उक्त स्थानमा स्थानिय सरकार, प्रदेश सरकार, विभिन्न संघसंस्था र अन्य निकायले उक्त स्थानमालाई व्यवस्थित गर्न सहयोग आवश्यक रहेको बताए ।

स्थानिय बलिराम भट्टराईले बताए । उक्त स्थानमा मेला लगाउनका लागि व्यवस्थित स्थल र महिला पुरुषले नुहाउनको लागि छुट्टा–छुट्टै धाराको निर्माण आवश्यक रहेको छ । बाहिर जिल्लाबाट पनि नुहाउन र पुजा गर्न आउने हुनाले पर्यटनमा पनि टेवा पुग्ने उनले बताए । उक्त स्थानमा एउटा धर्मशाला पनि निर्माण गर्न आवश्यक रहेको स्थानिय पदम रानाले बताए ।

प्रतिक्रिया