राष्ट्रिय युवा संघद्धारा ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा निषेध

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय युवा संघले आफूलाई भ्रष्टाचारविरोधी नागरिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा निषेध गरेको छ । आइतबार नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघले कास्कीले एक प्रेस विज्ञप्ति निकाल्दै शाहीलाई कास्की प्रवेशमा निषेध गरेको हो ।

युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा शाहीले फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।

शाहीले शनिबार नेपालगञ्बाट काठमाडौँ आउनेक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण उडानमा एक घण्टा ढिलाई भएको भन्दै शाही लगायतका समुहले गाली गलौजसहित प्रश्न गरेका थिए । सोही बिषयमा मन्त्री भट्टराईले आफ्नो कारणले जहाज १५ मिनेट मात्रै ढिलो भएकोले माफी छन् ।

 

प्रतिक्रिया