सिविआईएल क्यापिटलको अध्यक्षमा काफ्ले

काठमाडौं । सिविआईएल क्यापिटलको अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त भएका छन् । भदौ २६ गते बसेको संस्थाको चैसठ्ठीऔँ सञ्चालक समितिको बैठकले संस्थाका सञ्चालक पारस कुमार काफ्लेलाई बाँकी अवधिकालागि अध्यक्षमा नियुक्त गरेको हो ।

मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेसनलको तर्फवाट मनोनित भई संस्थाको अध्यक्ष रहेका समिरप्रसाद दाहालले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएपछि उक्त पद रिक्त हुन गएको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता (अन्डर राइटर) सेयर रजिस्टार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्दै आएको छ ।

साथै डि–म्याट खाता खोल्ने, सेयरहरू अभौतिकीकरण गर्ने, सामूहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानी कर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त भएको सिविआईएल क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो ।

प्रतिक्रिया