अमेरिकामा घाँस दाउरा

काठमाडौं । गायिका दीपा तामाङको स्वरमा सजिएको ‘म त छम्मछम्म गर्दै नाच्ने–दाउरा घाँस’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अमासी राईको शब्द तथा संगीत छ । गीत अमेरिकामा छायांकन गरिएको हो ।

उक्त गीतको भिडियोमा कुमारी राई र रेनुका चाम्लिङसहित बसन्ती राई, उषा मोंगेर, क्रिस्टिना खनाल, दिव्य दाहाल, जेस्टिता मोंगर, एलिना भट्टराई, सविका घले, सविता राई, सम्झना चुहान, दुर्गा गजमेर, जेनिसा गुरुङ, रक्षा खड्का, सुस्तिका भट्टराई, एलिसा मगरलगायतको अभिनय छ । यी कलाकारहरू आरबिएनके डान्स स्टुडियोका सदस्य हुन् ।

गीतमा बादल मगर, अन्जु गुरुङ र राज राई विशेष भूमिकामा छन् । भिडियोमा आरबिएनके डान्स स्टुडियोका नरमान राईको कोरियोग्राफी तथा निर्देशन रहेको छ । निर्देशक राईले अमेरिकामा पनि नेपालजस्तै भूभाग रहेकाले त्यहाँको लोकेसनमा मोडललाई मौलिक नेपाली पहिरनमा नृत्य गराएको जिकिर गरे । भिडियोका निर्माता राज राई हुन् । भिडियोमा राज लुंगेलीको छायांकन र सम्पादन छ ।

प्रतिक्रिया