विद्यालय उमेरका केटाकेटीमै यौन रोग बढी

पछिल्लो समय नयाँ–नयाँ रोगहरू देखा परिरहेका छन् । कयौँ रोग अत्यत्नै जटिल हुने गरेको छ । यस्तै रोगहरूमध्ये एक हो छाला तथा यौन रोग । बढ्दो यौन तथा छालाका समस्याले उपचार गर्न अस्पताल आउनेहरू दिनानुदिन बढ्दै छन् । सबैभन्दा पुरानो वीर अस्पतालमा कार्यरत छाला तथा यौन रोग विभागका प्रमुख विशेषज्ञ डा. भास्कर मोहन मेहेर कायस्थसँग सौर्य दैनिकका लागि यसिमा महतले गरेको कुराकानीमा आधारित अंशः

यौन रोग भनेको के हो ?
–यौन रोग भनेको विशेषगरी यौनसम्पर्कबाट लाग्ने रोग हो । यौन सम्पर्क नगर्दै पनि यो रोग लाग्न सक्छ । गर्भवती महिलामा यौन रोग देखापरेको छ भने गर्भमा रहेको बच्चामा पनि औषधोपचार नगर्दा बच्चालाई सर्दछ । कतिपय अवस्थामा यौन रोग यौन सम्पर्क नै नगरी म्वाइ खाएको अवस्थामा पनि हुनसक्छ । यौन रोगमध्ये सिफ्लिस (भिरिंगी) रोग भएको मानिसको रगत टेस्ट नगरी अर्को व्यक्तिलाई रगत दिँदा त्यसबाट पनि यौन रोग सर्दछ । यौन रोग नै भए पनि यौन सम्पर्कविना सर्न सक्ने माध्यम एउटा रगत हो भने अर्को आमाबाट बच्चामा सर्ने हो । यौन सम्पर्कबाटै सर्ने यौन रोगहरूमा विशेषगरी, ब्याक्टेरिया र भाइरसले गर्दा हुन्छ । ब्याक्टेरियाबाट भिरिंगी र अर्को गोनोरिया हुन्छ ।

यस्तै, सिफ्लिस हुँदा यौनांगमा नदुख्ने खालको एक÷दुईटा घाउ आउँछ । उक्त घाउ आएको करिब महिनादिनपछि आफँै हराएर जान्छ । यसरी घाउ त निको हुन्छ तर किटाणु शरीरमा नै रहन्छ । त्यसकारण औषधोपचारैै नगरी घाउ निको भए पनि किटाणुहरू शरिरमा रहने हुँदा केही समयपछि दिमाग, मुटु र हड्डीमा असर देखिन्छ । त्यस्तै गोनोरिया रोग लाग्दा पिसाबबाट पिप आउने समस्या हुन्छ । तर, महिलामा पिसाबबाट पिप आउँदैन, योनीबाट सेतोपानी बग्ने हुन्छ भने पुरूषहरूमा मुत्रनलीबाट पिप आउँछ ।

यो एकपटकको यौन सम्पर्कबाट सरेपछि औषधि उपचार गरेपनि जीवनभरी भोग्नुपर्ने समस्या हो । अर्को मुसा (एचपिभि) वार्ड हो, साधारण हात, गोडा, अनुहार र जीउमा आउने मुसा यौन रोगबाट आएको होइन त्यो बेग्लै हो र सर्दैन । तर, यौनांगमा आउने मुसा चाहीँ यौन रोगबाट आउने मुसा हो, पुरूषमा लिंगको टुप्पोमा आउँछ भने महिलाको योनीको भित्र वा बाहिर दुबै ठाउँमा आउन सक्छ

यसको उपचार के हुन्छ ?
– गोनोरियाको उपचार समयमा नै भएन भने पुरूषको मुत्रनलीभित्र घाउहरू भएर पाक्ने र प्वाल नै सानो हुँदै जाने हुन्छ । केही समयपछि पिसाब फेर्न गाह्रो हुन र विस्तारै–विस्तारै पोल्ने र दुख्ने समस्या हुन्छ । धेरै समयपछि उपचार गरियो भने मुत्रनलीमा पाइप (स्टिलको रड) राखेर समय–समयमा खुर्किनुपर्छ । तर, यस्तो गर्दा धेरै नै गाह्रो हुन्छ । रगतमा ब्याक्टेरियाले गर्दा हुने यौन रोग सिफ्लिस (भिरिंगी) को उपचार गर्न गाह्रो हुन्छ । यसको उपचार गर्न अन्य अस्पतालले पनि गाह्रो मान्छन् । तर, हामीले यसको सहज रूपमा सेवा दिन्छौँ, दिँदै पनि आएका छौँ । श्रमको लागि विदेश जाने युवापुस्तामा रगत जाँच गर्दा विभिन्न यौन रोगको समस्या देखिन्छ । समस्यादेखिएपछि विदेश जानबाटै समेत वञ्चित हुने गरेका छन् । महिलाहरूमा (गोनोरिया) सेतो पानी बग्ने यौन रोग लागेको छ र समयमा नै औषधि उपचार गरेन भने पछि गएर पाठेघरको भित्रपट्टि संक्रमण गर्दछ ।

अरू कस्तो समस्या देखिन्छ ?
– उपचार नगर्दा यौनांगमा मात्रै नभएर भित्रसम्म असर गर्दछ त्यसले गर्दा महिलाहरूमा गर्भ रहन गाह्रो हुने यदि बसिहाल्यो भने पनि तुहिने सम्भावना बढी हुन्छ ।

स्कुल पढ्ने केटाकेटीमा असुरक्षित यौनसम्पर्क गर्दा कस्तो असर पर्न सक्छ ?
– स्कुलको बच्चाहरूलाई स्वास्थ्य किताबमा रहेको यौनसम्बन्धी पढाइ अनिवार्य पढाउनुपर्छ । किनभने उनीहरूलाई यसको बारेमा धेरै ज्ञान हुन आवश्यक छ । किताबमा रि–प्रोडक्टिभ हेल्थ भन्ने च्याप्टर नै छ त्यसमा यसको बारेमा सबै लेखिएको छ । अस्थायी साधन प्रयोग नगरिकन यौन सम्पर्क गर्दा धेरै समस्याहरू आउँछन् । तर, स्कुल पढ्ने बालबालिकामा एक त उमेर नै पुगेको हुँदैन त्यसैले यौन सम्पर्क गर्नै हुँदैन । यदि गरिहाल्यो भने पनि सुरक्षित रूपमा अस्थायीसाधन कण्डमको प्रयोगबाट गर्नुपर्छ ।

कतिपयले (फ्यामिली प्लानिङ) को लागि पिल्स खाइन्छ, त्यसैले त्यो पिल्स खाएपछि बच्चा हुँदैन र यसले पनि गर्भ बस्न रोक्ने त होनि भनेर पिल्स खाँदै यौन सम्पर्क गरिरहेका हुन्छन् । तर, त्यसले झनै असर गर्दछ त्यसैले बरू कण्डमको प्रयोग उपयुक्त हुन्छ । त्यस्तै, असमयमै गर्भाधारण हुन सक्छ, गर्भवती पनि हुन सक्छ त्यसैले जति छिटो उमेरमा सम्पर्क भयो उति उसको शरिरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । यो अध्ययनले नै देखाएको छ ।

हामीले सुझावसम्म दिने गरेका छौँ । पुरूष–पुरूषको विचमा यौन सम्पर्कबाट मलद्वारमा ठूल्ठूला मुसाहरू लिएर धेरै पुरूषहरू उपचारका लागि आउने गरेका छन् । (एमएसएम) मेल ह्याभिङ सेक्स विद मेल, फिमेल–फिमेल त्यति सम्भव हुँदैन तर, एमएसएमबाट मलद्वार वरिपरि पुरै मासुले ढाकेको हुन्छ

यौन सम्पर्कको लागि उपयुक्त उमेर कति हो ?
कानुनअनुसार र व्यवहारको उमेरअनुसार १८÷१९ वर्ष हो ।

भाइरसबाट के कस्तो रोग फैलिन्छ ?
– भाइरसबाट हुने रोग साधारणतया दुईवटा हुन्छ । हर्पिस एउटा हो, यसमा यौनांगको टुप्पोमा र महिलाहरूको योनीको वरिपरी साना–साना मसिनो पानीको फोकाजस्तो आउँछ त्यो फुट्छ र समय–समयमा घाउ हुन्छ । आउने र फुट्ने अनि कम हुने प्रक्रिया एकपटक भइसकेपछि जीवनभर निरन्तर चलिरहन्छ यसलाई रिकरेन्स हर्पिस भनिन्छ । यो एकपटकको यौन सम्पर्कबाट सरेपछि औषधि उपचार गरेपनि जीवनभरी भोग्नुपर्ने समस्या हो । अर्को मुसा (एचपिभि) वार्ड हो, साधारण हात, गोडा, अनुहार र जीउमा आउने मुसा यौन रोगबाट आएको होइन त्यो बेग्लै हो र सर्दैन । तर, यौनांगमा आउने मुसा चाहीँ यौन रोगबाट आउने मुसा हो, पुरूषमा लिंगको टुप्पोमा आउँछ भने महिलाको योनीको भित्र वा बाहिर दुबै ठाउँमा आउन सक्छ । यो यौन रोग नै हो यसलाई औषधि लगाउनु पर्दछ ।

(एचपिभी) ह्युमन प्याटोभ भाइरसको अर्को प्रकार हुन्छ । भाइरसको विभिन्न किसिम हुन्छ तर एउटा किसिम वा प्रकारले पाठेघर मुखको क्यान्सर हुन्छ । पाठेघर मुखको क्यान्सर यो भाइरसबाटै हुन्छ । जति छिटो यौन सम्पर्क ग¥यो त्यति पाठेघर मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । १२–१३ वर्षदेखि नै यौन सम्पर्क भएको व्यक्ति छ भने त्यस्तो व्यक्तिलाई पछि गएर क्यान्सरको सम्भावना एकदमै बढी हुन्छ । त्यस भाइरसको लागि किशोरीहरूलाई जोगाउन (एचपिभी) भ्याक्सी सुरु भएको छ यसले पाठेघर मुखको क्यान्सर रोक्न सकिन्छ ।

चाया आउने भनेको एउटा हर्मोन हो भने एउटा घाम हो । एकचोटी चायाको औषधि प्रयोग गरिसकेपछि उसले नियमित रूपमा सन्सक्रिम लगाउनै पर्छ । सनक्रिम लगाएन भने चाया गएजस्तो हुन्छ अनि फेरी आउँछ । त्यसकारण जस्तोसुकै अस्पतालमा गएपछि ग्यारेन्टीका साथ म हटाइदिन्छु भन्यो भने त्यसले बिरामीलाई उल्लु बनाउनबाहेक अरू केही होइन

पिसाब पोल्ने समस्या यौन रोग हो कि होइन ?
– पिसाब महिला पुरुष दुवैमा पोल्ने समस्या हुन्छ । तर, महिलाहरूमा युरिन इन्फेक्सनले हुन्छ यो यौन रोगको किटाणुले हुने रोग होइन । महिलामा पिसाब पोल्ने, ज्वरो आउने, काम ज्वरो आउने हुन्छ । अझ गर्भवती महिलालाई भने पिसाव पोल्ने समस्या धेरै बढी हुन्छ । यो यौन रोगबाट होइन पिसाबकै रोगबाट हुने हो । पुरुषहरूमा पिसाब पोल्ने रोग भनेको एउटा युरिन इन्फेक्सन हो । पानी कम खाने व्यक्तिलाई पनि पिसाब पोल्ने समस्या हुन्छ । अन्य अर्थ नलागेमा पिप आएर पोलेको हो भने त्यो चाँही यौन रोग नै हो । उपचारको क्रममा ढाटेर यौन सम्पर्क भएकै छैन भने पनि पिप आएर पिसाब पोलेको हो भने यौन रोग नै भएको हुन्छ ।

कतिले यो रोगका बारेमा खुलेर कुरा गर्दैनन् । गर्मी समयमा लामो बसको यात्रा गर्दा पानी पिउन बिर्सियो वा खाएन र पिसाब च्याप्यो भने पिसाब पोल्छ तर यसलाई यौन रोग भनिँदैन । जति कम पानी पिइन्छ, त्यति पिसाबमा बढी एसिडको मात्रा हुन्छ त्यसले पिसाब पोल्ने हुन्छ । यौन रोगबाट पिसाब पोलेको हो भने यौन सम्पर्क गर्न हुँदैन यदि त्यो सकिँदैन भने असुरक्षित यौन सम्पर्क गर्नु हुँदैन । यौन सम्पर्कबाट बच्नको लागि यदि पुरुष हो भने परस्त्रीसँग र महिला हो भने परपुरुषसँग यौन सम्पर्क गर्नहुँदैन । कति पय उपचार गर्न अस्पताल आएकाहरूबाट थाहा भएअनुसार पती वैदेशिक रोजगारमा गएर बिदामा घर आउँदा पत्नीलाई यौन रोग सारेर वैदेशिक रोजगारमा जाने पनि गरेका पनि भेटिएको छ ।

कस्ता रोगीहरू यहाँ उपचारको लागि आउने गरेका छन् ?
– उपचारका लागि अस्पताल आउने जति पनि छाला तथा यौन रोगको समस्या भएका व्यक्तिहरूमा विशेषगरी यौन रोग लागेका र यौन व्यवसायीहरू आउने गरेका छन् । तर, हामीले तपाईं यौन व्यवसायी हो भनेर सोध्दैनौँ । बिरामी भएर आएका हुन्छन्, हाम्रो काम सेवा दिने हो, उपचार गराएर पठाउने हो । सचेत रहन अपनाउन पर्ने सुझाव दिनछौँ कस्ले के गर्छ सोध्दैनौँ । तर उपचार गर्न आउने धेरै जसो यौनकर्मीहरूमा यौन रोग हुने गरेको छ । हामीले सुझावसम्म दिने गरेका छौँ । पुरूष–पुरूषको विचमा यौन सम्पर्कबाट मलद्वारमा ठूल्ठूला मुसाहरू लिएर धेरै पुरूषहरू उपचारका लागि आउने गरेका छन् । (एमएसएम) मेल ह्याभिङ सेक्स विद मेल, फिमेल–फिमेल त्यति सम्भव हुँदैन तर, एमएसएमबाट मलद्वार वरिपरि पुरै मासुले ढाकेको हुन्छ ।

यसको उपचार पद्धति के हो ? कसरी हुन्छ ?
– त्यस्तो रोग लागेकाको उपचार गर्न धेरै गाह्रो हुने भएकाले बानीव्यहोरामा सुधार गर्न जरुरी छ । यदि सम्पर्क गरिहाल्यो भने पनि असुरक्षित किसिमले गर्न हुँदैन, कण्डमको विशेष प्रयोग गर्न पर्छ । जथाभावी सम्पर्कले समस्या निम्त्याउँछ ।

यौन रोग लाग्न नदिन के गर्नुपर्छ ?
– यौन रोग नै लाग्न नदिन त ब्रह्मचर्य हुनुपर्छ तर, सम्पर्क नै राखे पनि ब्वाइफ्रेन्ड होस या पति, एक जनासँग मात्रै सम्पर्क राख्नुपर्छ । महिलाहरूले अप्रेसन गरेर पाठेघर फालेपछि मलाई यौन रोग लाग्दैन भन्ने सोच्दछन् । पाठेघर फाले पनि योनी फालेको हुँदैन । त्यसैले यौन रोग लाग्दछ । सबैभन्दा राम्रो सचेत रहने हो ।

वीर अस्पतालमा यौन रोगको उपचार गर्न दैनिक कति आउँछन् ?
– धेरै मान्छे आउँछन् । प्लस टु र स्कुल पढ्ने विद्यार्थीहरू बढी आउँछन् । वार्षिक रूपमा वीरमा उपचार गराउने यौन रोगका बिरामी ४÷५ सयसम्म हुन्छन् ।

अन्य यौन समस्या के हुन्छ ?
– महिलाको पाठेघरमा क्यान्सर नभए पनि योनीमा संक्रमण हुने, सेतो पानी बग्ने समस्या भइरहन्छ, भाइरसले हुने मुसा आउन सक्छ । एचआइभी पनि ठूलो यौन रोग हो भने त्यस्तै, हेपाटाइटिस बी छिटो सर्ने रोग हो । यो म्वाइ (किस) गर्दा र पसिनाबाटसमेत सर्दछ त्यसैले समयमा नै उपचार गर्नुपर्छ ।

यो समयमा चाहीँ यौन रोग बढी लाग्ने र यो उमेर समूहकालाई बढी हुने भन्ने हुन्छ ?
– यौन रोग भनेको गर्मी या जाडो समयमा लाग्ने भन्ने हुँदैन । जुनसुकै मौसम, समय र जुनसुकै उमेर समूहका मानिसमा पनि यौन रोग लाग्न सक्छ । तीन वर्षको बच्चादेखि ७८ वर्षको मानिसमा पनि यौन रोग हुन्छ । पहिलेको तुलनामा आजभोली यौनरोगको बिरामीहरू बढ्दो छन् । तर, अहिले गर्मीको समय भएकाले काखीमुनि र यौनांग वरिपरि पाछ्ने समस्या हुन्छ । त्यसैले गर्दा यसको लागि बिहान लगाएको भित्री वस्त्र सधैँ बेलुकी खोलेर, अर्कोे कुनै सफा वस्त्र लगाएर सुत्नुपर्छ । सकेसम्म गर्मीमा खुकुलो कपडा लगाउने गर्नुपर्छ । यस्तो हुँदा पसिना आउने सम्भावना कम हुन्छ र आएपछि गुम्सिन पाउँदैन ।

भित्री वस्त्र पनि सूति वा कटनको लगाउनुपर्छ । कमिज त कटनकै हुन्छ तर अन्डरवेयर लगाउँदा नाइलन र पोलिस्टरको लगाउन हुँदैन । सूतीको लगाउनुपर्छ र केटा हो भने बक्स खालको खुकुलोे अन्डरवेयर लगाउनुपर्छ । राती सुत्ने वेलामा नबिर्सिकिन दिउँसो लगाएको सबै भित्री वस्त्र खोलेर अर्को लगाएर मात्रै सुत्नुपर्छ । बरु बिहान अघिल्लो दिनमा लगाएको भित्री वस्त्र लगाउँदा हुन्छ । तर, दिउँसो लगाएको बेलुकी लगाएरै सुत्न हुँदैन । किनभने दिनभरि हिँडेर पसिना आएको हुन्छ, धूलो आएर टाँसिएको हुन्छ, त्यसमा किटाणु हुन्छ त्यसले गर्दा राति इन्फेक्सन हुन्छ । काछ लाग्यो, चिलायो भनेर पसलमा गई औषधि किनेर प्रयोग गर्नुहुँदैन । चिलायो भनेपछि पसलबाट नचिलाउने औषधि दिन्छ तर, त्यसले विभिन्न अरू समस्या निम्त्याउँन सक्छ । जथाभावी औषधि प्रयोग गरेर किटाणुले सबै औषधि पचाइसक्यो, अहिले बिरामीलाई कुनै पनि महंगो औषधिलेसम्म काम गर्न छोडेको छ, यसको प्रमुख कारण जथाभावी औषधि किनेर प्रयोग गर्नु नै हो ।

युवावस्थामा छालाका के–कस्ता आउँछन् ?
– किशोरकिशोरीमा डण्डिफोर आउँछ । यसको लागि गुलियो कम खाने, फेसवास गर्ने, जथाभावी औषधि प्रयोग नगरीकिन बस्नुपर्छ । जथाभावी औषधि प्रयोगले विभिन्न असर गर्ने र उक्त औषधि प्रयोग भएको ठाउँमा रौँहरू आउने, छाला फाट्ने हुन्छ ।

जति महँगो क्रिम उति राम्रो भन्छन् नि के हो ?
– कतिपयहरू महँगो क्रिम लगायर राम्रो हुन्छु भन्ने भ्रमले मान्छे झनै कुरूप हुने गरेका पनि छन् । कतिपय महंगो क्रिममा पनि झनै धेरै केमिकल राखेको हुन्छ । सस्तोमा पनि केमिकल हुन्छ । जति धेरै केमिकल हुन्छ त्यसले एलर्जी हुने सम्भावना हुन्छ । त्यसैले, महंगो र सस्तोमा होइन आफूलाई कुन लगाउँदा छालाले सुट गर्छ त्यो लगाउन उचित हुन्छ । कुनै एउटा क्रिमले एक व्यक्तिलाई राम्रो ग¥यो भने अर्को व्यक्तिलाई नगर्न सक्छ । सस्तोमा अलि बढी केमिकल र एसिड हुन्छ त्यसले गर्दा छाला निस्कने समस्या हुन्छ भने महंगोमा एलर्जी हुने हुन्छ । दुवैले समस्या हुन्छ ।

छालाको समस्याकै कुरा गर्दा चायापोतो आउनेहरू धेरै क्लिनिकमा जाने र उल्टै सञ्चो हुन्छ भन्दा झनै बढ्ने गरेको पाइएको छ नि ?
– स्किन केयर हस्पिटल जाने भनेको नै पैसाको हिसाबले ठिकै हुन्छ । अलि बढी खर्च हुन्छ तर त्यो नभई औषधि पसलबाटै जथाभावी दाग हटाउन औषधि किनेर प्रयोग ग¥यो भने असर गर्छ । मेलाकेयर, स्किन साइन, मोमेट, मोसुर भन्ने जथाभावी क्रिम लगायो भने त्यसले सबैभन्दा बढी समस्या ल्याउँछ । त्यसले छाला पातलो हुने, केटीहरूकै गालामा दारी आउने, डण्डिफोर आउने हुन्छ ।

यस्तै, चाया आइसकेपछि स्थायी उपचार गर्दा नै निको हुन्छ भन्ने हुँदैन । एक चोटी लेजर नै लगाएपछि पनि छिटै उज्यालो हुन्छ र फेरी आउँछ । चाया आउने भनेको एउटा हर्मोन हो भने एउटा घाम हो । एकचोटी चायाको औषधि प्रयोग गरिसकेपछि उसले नियमित रूपमा सन्सक्रिम लगाउनै पर्छ । सनक्रिम लगाएन भने चाया गएजस्तो हुन्छ अनि फेरी आउँछ । त्यसकारण जस्तोसुकै अस्पतालमा गएपछि ग्यारेन्टीका साथ म हटाइदिन्छु भन्यो भने त्यसले बिरामीलाई उल्लु बनाउनबाहेक अरू केही होइन । किनभने चायाँपोतो एकपटक आइसकेपछि औषधिले अलिअलि त जान्छ तर त्यसलाई रोक्नका लागि सनक्रिम अत्यावश्यक छ ।

प्रतिक्रिया