निर्मला पन्तलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माइतीघर मण्डलामा सरकारविरुद्ध बिरोध प्रदर्शन गरेको छ ।

हत्या भएको आज साउन १० गते १ वर्ष पुग्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले त्यसको वार्षि पुण्य तिथिको उक्त प्रदर्शन गरेको हो । ‘निर्मलाले न्याय कहिले पाउँछिन्’ ? लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शनका सहभागीहरूले बोकेका थिए ।

प्रतिक्रिया