बाल सुधार गृहलाई एनसीसी बैंकको सहयोग

काठमाडौं । एनसीसी बैंकले भक्तपुर जिल्लाको बाल सुधार गृहलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बाल सुधार गृहमा व्यवस्थित सामग्रीसहितको पुस्तकालय निर्माण गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सो सहयोग उपलब्ध गराएको हो ।

उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालबाट नेपालका लागि युसेप नेपालको व्यवस्थापनमा सञ्चालित बाल सुधार गृहका लागि गृह प्रशासक बिपिन आचार्यलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया