आइएमइ मोटर्स र कामना सेवाको सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र आइएमइ मोटर्सबीचमा व्यापार सम्झौता भएको छ । यस सम्झौता अनुसार आइएमइ मोटर्स प्रा. लि. मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा अशोक लेल्याण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमइ मोटर्सको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरे ।

प्रतिक्रिया