मोरङ दुर्घटनामा एकको मृत्यु, ९ घाइतेको अवस्था गम्भीर

काठमाडौँ । मोरङको शनिश्चरे- १० पथरी बजारमा आज तरकारी बोकेको गाडी र बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकमा भएको उक्त घटनामा च्यापिएको अवस्थामा तीन जनालाई उद्धार गरिएको छ । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ भने अन्य बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया