लछार पछार गर्दै बुहारीले गरिन सासुको हत्या

शुकदेव थपलिया, काभ्रे । असार ३१ गते मंगलबार राती १० बजे घरमा घरेलु विषयमा आपसी विवाद हुँदा बुहारीद्वारा शासुको हत्या भएको छ । काभ्रेको धुलिखेल नगरपालिका १ देविटार बस्ने बर्ष ६३ कि माईलीमाया तामाङलाई निजकी जेठी बुहारी बर्ष २४ कि सुन्तली तामाङले घरायसी बादविबादको कारण लछार पछार तथा कुटपिट गरी भुईमा पछार्दा टाउको र पेटमा गम्भिर चोट लागि सिरियस घाईते भई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपामा ल्याएकोमा ११ बजे राती उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमूख निरीक्षक निरञ्जन भट्टराईले घटना स्थलको अवलोकन गरी पीडित शासुको उद्धारको लागी आफूहरू गएको र उपचारको क्रममा उनको नीधन भएको बताएका छन् । उनले घटनाबारे थप अनुसन्धान भईरहेको र पीडक बुहारी सुन्तली तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको समेत बताएका छन् । उनले घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको समेत अनुसन्धान भईरहेको बताएका छन् ।

प्रतिक्रिया