सिरहा । लगातार आएको बर्षाका कारण बाढिले पक्कि पुल बगेपछि अप्ठ्याारोमा परेका स्थानियलाई ससस्त्र प्रहरीले अस्थायी पल बानाईदिए पश्चात आवतजावत सुचारु भएको छ ।
सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्कि पुल वर्षाबाट आएको बाढीले बगाएपछि ५ दिनदेखि आवतजावत ठप्प भएको थियो । स्थानिय बासिन्दा स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगाएतका विभिन्न समस्यामा परेका थिए ।
मान्छे नै तर्न नसक्ने र सवारीसाधन पनि वारी पारि गर्न नसक्ने अवस्थामा बिरामीलाई अस्पतालमा लैजानसमेत बैकल्पिक बाटो नभएको अवस्थामा सस्त्र प्रहरीले अस्थाई फलामे पुल निर्माण गरिदिएपछि आवतजावत सहज भएको स्थानिय श्यामलाल राजवंशिले जानकारी दिए ।
सशस्त्र प्रहरीले आफ्नो लगानीमा अस्थाई फलामे पुल निर्माण गरेको हो । पुल निर्माण पछि मोटर साइकललगायत २ पांग्रे सवारी र स्थानीय लाइ आवतजावतमा सहज भएको छ ।
प्रतिक्रिया