काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार अविरल वर्षाका कारण बाढी पहिरोमा परी ज्यान गुमाउँनेको संख्या हालसम्म ६७ जना पुगेका छन् ।
प्रहरी कार्यालयले आज केही समय अघि सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपहिरोको घटनामा परी २६ जना महिला र ४१ पुरुषको मृत्यु भएको हो ।
उक्त घटनामा ३० जना अझै बेपत्ता रहेका छन् भने बेपत्ता मध्ये १२ महिला र १८ पुरुषको खोजी कार्य भइरहेको छ । हालसम्म १ हजार ४४६ जनाको सकुशल उद्धार गरिएको छ ।
प्रतिक्रिया