महालक्ष्मी बैंकद्धारा निशुल्क स्वास्थ्य शिविर

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्ने क्रममा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।  बैंकको सुकेधारा शाखाले शनिबारका दिन ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । मधुमेह, स्त्री तथा प्रसुती रोग र रक्तचापको विशेष जाँच गरिएको सो शिविर सुकेधारा चोकमा आयोजना गरिएको थियो ।

करिब तीनसय जनाले निशुल्क स्वास्थ्य जाँच गराउनु भएको उक्त शिविरमा बैंकको सुकेधारा शाखाले निशुल्क आवश्यक औषधी समेत उपलब्ध गराएको थियो । बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

प्रतिक्रिया