आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर पारित

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आफना शेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशतले बोनस शेयर प्रदान गर्ने भएको छ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं बार्षिक साधारण सभाले उक्त प्रस्ताब पारित गरेको हो । यो सँगै कम्पनीको चुक्त पूंजी १ अर्ब २ करोड ६ लाख पुगेको छ ।

२१र्औ साधारण सभाले अख्तियारी संचालक समितिलाई प्रदान गरेबाट कम्पनीले आगामी दिनमा उपयुक्त कम्पनीसंग गाम्ने, गाभिने तथा प्राप्ति गर्न सक्ने बाटो खुलेको छ । साँथै उनले ४८ वटा शाखा १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट सहज सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।

कम्पनीले गत आबमा १ अर्ब ७७ लाख बीमा शुल्क आर्जन गरी गरि १५ करोड ९८ लाख खुद नाफा आर्जन गर्न सफल भएकोमा चालु आबको हालसम्म गरिब १ अरब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको पनि सभालाई जानकारी गराइएको थियो ।

प्रतिक्रिया