इटहरी । अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै सप्तकोशीको कोशी व्यारेजमा पानीको बहाव उच्च भएकोछ । पानीको बहाव बढेसँगै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बिहान ५ बजे मापन गरिएको पानी २ लाख २५ हजार ९ सय १५ क्युसेक प्रतिसेकेन्ड रहेकोमा ८ बजेको मापनमा बहाब बढेर २ लाख २८ हजार २ सय पुगेको छ ।
पहाडी क्षेत्रमा पानी पर्ने क्रम नरोकिएकाले बहाब अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिले व्यारेजका ३० ढोका खोलिएको छ । ५६ वटा ढोका रहेको व्यारेजमा भारतीय समन्वयमा पानीको बहाब बढ्न थालेपछि खतराको चिन्ह राखेर ढोका खोल्ने गरिएको छ । लगातार पानीको बहाव बढेपछि कोशी प्रभावित क्षेत्रमा मानिसलाई सुरक्षित स्थानमा सर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया