प्रभु लाइफको साधारण सभा

काठमाडौं । प्रभु लाइफइन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षडा. आत्माराम घिमिरले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साँथै, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४÷७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गरेको छ । त्यस्तै, सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया