बैकल्पिक उर्जा आयोजनाका लागि सम्झौता

काठमाडौं । बैकल्पिक उर्जा क्षेत्रमा नेपालकै सबभन्दा ठूलो व्यापारिक आयोजना निर्माणका लागि रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले बैंक अफ काठमाण्डू को अगुवाईमा सिटीजन बैंक इन्टरनेशनल तथा नेपाल बंगलादेश बैंक लिमिटेड संग सह–वित्तियकरण सम्झौता भएको छ ।

बुटवल तिलोत्तमा ७ मा ६५ दशमलव ४६ करोड लगानीमा २६ विगाहा जग्गामा ३२ हजार सोलार प्यानलभएको ८ दशमलव ५ मेगावाटको सौर्य फर्मबाट ३३ केभी प्रसारण लाइन मार्पmत १ करोड ४५ लाख १० हजार ५ सय ८४ किलोवाट युनिट विद्युत उत्पादन हुनेछ ।

सो आयोजनाबाट उत्पादन हुने विद्युत व्याट्रीमा स्टोरेज नभई उत्पादन कै समयमासिधै राष्ट्रिय ग्रीडमा समाहीत हुनेछ । सन २००१ मा बैंक अफ काठमाण्डू र अरुण भ्याली हाईड्रो कम्पनीको सम्झौता अनुसार नेपालकै पहिलो निजि छेत्रको लगानीमा संखुवासभाको पिलुवाखोलामा ३ मेघावाटको हाईड्रोपावरको निर्माण गरिएको थियो ।

प्रतिक्रिया