पुर्ख्याैली पेसामा रमाउँदै पूर्णलक्ष्मी

कहिलेकाहीँ खोइ त बाबा म पनि बुट्टा बनाउँछु भनेर बाबुलाई जिस्क्याउँदा जिस्क्याउँदै काष्ठकला निर्माणको काम थाहै नभई सिकेछु’ पूर्णलक्ष्मीले भनिन्, ‘किन हो किन यस पेसाप्रति मेरो आकर्षण बेढेकाले बीचमा पढाइ नै छाडेर २२ वर्षदेखि यसमा लागिपरेको छु

‘बाबुले जीवनभर अपनाएको पुख्र्याैली पेसा आज मेरो दिनचर्याको एक माध्यम बन्न पुगेको छ ।’ ४० वर्षअघि साविकको ललितपुर महानरपालिका–२१ बुङमतीमा जन्मिएकी पूर्णलक्ष्मी शाक्यले आफूले काठमा कुँदेका भगवान्का विभिन्न मूर्ति देखाउँदै भनिन् ।

‘माइतीमा छँदा वेलाबखत बाबुले मूर्ति बनाउनु भएको हेर्ने गर्थेँ । उहाँले कुँदेका बुट्टाहरू मलाई ज्यादै मनपथ्र्याे । कहिलेकाहीँ खोइ त बाबा म पनि बुट्टा बनाउँछु भनेर बाबुलाई जिस्क्याउँदा जिस्क्याउँदै काष्ठकला निर्माणको काम थाहै नभई सिकेछु’ पूर्णलक्ष्मीले भनिन्, ‘किन हो किन यस पेसाप्रति मेरो आकर्षण बेढेकाले बीचमा पढाइ नै छाडेर २२ वर्षदेखि यसमा लागिपरेको छु ।’ उनले पेसाप्रतिको आर्कषण खुलाइन । आज उनलाई आफ्नो पेसामा रमाइलो लाग्न थालेको छ ।

बुङमतीमा काठबाट विभिन्न भगवान्को मूर्ति निर्माण गर्ने पहिलो महिलाका रूपमा पूर्णलक्ष्मीको नाम नै सुन्न पाइन्छ । उनले यो सिर्जनालाई आज बुङमतीका कयौँ व्यक्तिले पनि चित्रण गर्न सकेका छैनन् । आफ्नो कला स्वदेशी व्यक्तिले मात्रै होइन, अझ बढी विदेशीले मन पराउने गरेको उनी बताउँछिन् । पूर्णलक्ष्मीद्वारा निर्मित मूर्ति स्वदेशीले केवल घर सजाउन खरिद गर्छन् ।

विदेशीले भने उनीहरूका मुलुकमा लगेर नेपाली महिलाले गरेको काष्ठकलाको प्रदर्शनी उनीहरूका महिलालाई देखाउन खरिद गर्ने गरेको उनले बताइन् । पूर्णलक्ष्मीले भगवानको मूर्ति बनाउन कपुरको काठ मात्र प्रयोग गर्ने गरेको बताइन् । उनी भन्छिन्, ‘कपुरको काठमा काम गर्न नरम र सजिलो हुन्छ । विदेशी नागरिकले कपुरको काठबाट बनेका सामान अन्यभन्दा बढी नै खरिद गर्ने गर्छन् ।’

हरेक मानिसले आफ्नो जीवन चलाउन एउटा पेसा त अवश्य नै अपनाउनुपर्छ भन्ने भावना भएकी पूर्णलक्ष्मीले काठ कुँदेर बुद्ध, गणेश, शिव, पार्वती र लक्ष्मी सबै देवी देवताका मूर्ति बनाउने गरेको छिन् । भगवान्को मूर्ति मात्र होइन, काठको हात्ती, घोडा, किरिङ र टाई निर्माण गर्नुको साथै मकैका खोस्टाबाट टोपी, कुर्ची र खेलौना बनाई व्यापार गर्न सुरु गरेको उनले बताइन् ।

भूकम्पअघि पूर्णलक्ष्मीको दिनचर्या काठको मूर्ति व्यापार गरेर चल्थ्यो । भूकम्पपछि बुङमतीमा धेरै नै क्षति भएका कारण विदेशीहरू आउने क्रम घटेकाले उनको व्यापार पनि घटेको छ । काठको मूर्तिमा विदेशीको आकर्षण अलि घटेपछि हाल पूर्णलक्ष्मी घरमा प्रयोग गरिने झ्यालढोका बनाउने काममा पनि सक्रिय हुने गरेकी छन् । पाटनबाट काठ किनेर लगी काम गर्ने पूर्णलक्ष्मीले यसै पेसाबाट चारजनाको परिवार धानिएको जानकारी दिइन् । ‘जति नै कमाइ भएन भने पनि वर्षको सातदेखि आठ लाख रूपैयाँ फाइदा हुन्छ, पूर्णलक्ष्मीले भनिन् ।

हस्तकला निर्माण महासंघले गर्ने विभिन्न प्रदर्शनी वा मेलामा पूर्णलक्ष्मीलाई बोलाउने गरेको छ । विदेशीले उनको सामान खरिद गर्दा स्वदेशीको तुलनामा ५०० देखि एक हजार बढी तिर्ने गरेकामा पूर्णलक्ष्मीले खुसी व्यक्त गर्छिन् । एक जागरूक महिला भएर घर र पत्नीमा मात्र सीमित हुनुहुन्न भन्ने गरी खाने सोच भएकी पूर्णलक्ष्मीले सानै उमेरदेखि बाबुले गरेको पेसा सम्हाल्दा आज एक मात्र काठको मूर्ति निर्माण गर्ने महिलाको रूपमा परिचित भएकी छन् । आफ्नो काममा उनलाइ गर्वसमेत लाग्छ । एकातिर बाबुले गरेको काम गर्न पाएकोमा अर्कोतिर आर्थिक रूपमा आत्मनिर्भर भएकोमा ।

पूर्णलक्ष्मीको कामको प्रशंसा आज ललितपुरको सबैजसो ठाउँमा सुनिने गरेको छ । आफ्नो ज्यानले सकुञ्जेल काष्ठकला कुँद्ने अठोट पूर्णलक्ष्मीमा छ । ‘महिला भएर पनि यस्तो पारखी’ भनी समुदायमा सबैले तारिफ गर्ने गरेका कारण पूर्णलक्ष्मी आफ्नो कामप्रति ज्यादै सन्तुष्ट देखिन्छिन् । ‘वेलाबखत माग भएअनुसार मैले विदेशी नागरिकलाई काष्ठकला निर्माणको तालिम दिने गरेकी छु ।’ उनले भनिन् व्यापारी वा ग्राहक जोसुकैले उनीसँग भगवानको मूर्ति बनाउन आग्रह गर्नुपरेमा त्यसको नमुना आकार मागेर अडर लिने गरेको उनले बताइन् ।

पहिला माग भएअनुसार मूर्तिको आकार हेर्ने र त्यसलाई कलामा ढाल्ने कला आफूमा भएको उनले जानकारी दिइन् । बुङमतीका करिब १४-१५ महिलाले काठको काम गर्छन् । पूर्णलक्ष्मीको जस्तो कला अरू कोही महिलामा नभएको स्थानीय बताउँछन् । अन्य महिलाले केवल काठमा बुट्टा कुँद्ने र चिल्याउने काम मात्र गर्छन् । पूर्णलक्ष्मीमा भने नामजस्तै पूर्ण कला पनि छ ।

प्रतिक्रिया