काठमाडौं । मुक्तिनाथ विकास बैंकले देशै भरी शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुरको सुर्यविनायक र काठमाडौं जिल्लाको गोठाटारमा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ । सुर्यविनायक शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य तथा पुर्व उद्योग मन्त्री महेश बस्नेतले गरे । त्यस्तै, गोठाटार शाखाको उद्घाटन कागेश्वरी मनोहरानगरपालिकाका मेयर कृष्णहरी थापाले गरे ।
उक्त शाखा उद्घाटन कार्यक्रममा बैंकका सँस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, बैंकका ब्राण्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस), सँस्थापक सेयरधनी, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया