काठमाडौँ । आतंकको विषय बनेको शृङ्खलाबद्ध ‘सिरिन्ज’ अर्थात काँटी आक्रमणमा संलग्न रहेका काठमाडौँ उपत्यकाबाट एकजना पक्राउ परेका छन् । काठमाडौँ महानगरीय प्रहरी परिसर अपराध महाशाखाको टोलीले महाराजगञ्जमा रेस्टुरेन्ट चलाउँदै आएका ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको हो ।
। आरोपित कार्की काठमाडौँ उपत्यकामा विभिन्न युवतीहरुलाई शृंखलाबद्ध सिरिन्ज आक्रमण गर्दै आएको अनुसन्धनमा खुलेको प्रहरीले जनाएको छ । गत जेठ ३२ गते राति करिव १० बजेको समयमा कुकुर लिएर सडकमा निस्किएकी ढल्कुमा जेनी (नाम परिर्वतन) महिलामाथि मोटरसाइकलमा आएका कार्कीले आक्रामण गरेका थिए । सिरिन्ज आक्रमण भएको आशंकामा उनलाई एचआईभीविरुद्धको औषधी र हेपाटाइटिसविरुद्धको भ्याक्सिन समेत दिइएको थियो ।
तर, कार्कीले भने ढलान काँटीले घोचेको बताएका छन् । अपराध महाशाखाको टोलीले शुक्रबार कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामेछाप घर भएका आरोपित कार्कीले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् । प्रहरीले उनको सथबाट बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
प्रतिक्रिया