काठमाडौं । मार्भल टेक्नोप्लाष्ट प्रालिले डिलर तथा डिष्ट्रिब्युटरहरुको भेला ‘मार्भेलस नाइट’ सम्पन्न गरेको छ । नेपालमा पहिलो पटक सिपिभिसीका आन्वेषणकर्ता, अमेरिकी कम्पनी लुब्रिजोल कर्पोरेशनसँगको लाईसेन्स अन्तर्गत सहकार्यमा फ्लोगार्ड सीपीभीसी पाईपहरु उत्पादन सुरु गरेको मार्भल टेक्नोप्लाष्टले शुत्रmबार पोखरामा आयोजना गरेको ‘मार्भेलस नाइट’ मा ६०० भन्दा बढि डिलर तथा इन्जिनियरहरु सहभागी भए ।
सो अवसरमा डिलर तथा डिष्ट्रिब्युटरहरुलाई स्वागत गर्दै मार्र्भेल टेक्नोप्लाष्ट प्रालिका प्रमुख पवनकुमार संचेतीले आर्थिक विकाससँगै निर्माण कार्यले समेत गति लिने वातावरण बन्न लागेको अवस्थामा निर्माण सामग्रीहरुको बजार राम्रो रहेको बताए । साँथै, उनले उपभोक्तासम्म गुणस्तरयुक्त पाइपहरु पु¥याउने अभियानमा सबै सम्पूर्ण डिलर र डिष्ट्रिब्युटर हरुको रायसुझावका आधारमा योजनावद्ध ढंगले अघि बढ्ने बताए । संचेतीले मार्भेलस नाइट डिलर र डिष्ट्रिब्युटरहरु एकले अर्कोलाई चिन्ने, समस्यालाई समाधान गर्ने, नयाँ सम्भावना पहिल्याउने माध्यम रहेको र कार्यक्रम त्यसका लागि फलदायी भएको बताए ।
लुब्रिजोल सीपीभीसी टेक्नोलोजी र केमिकल इनोभेशनमा लिडिङ कम्पनी हो । लुब्रिजोलले विश्वका १३० भन्दा बढि मुलुकसँग टाइअप गरेर आफ्नो उपस्थिति जनाएको छ । लुब्रिजोलको प्रविधिमा आधारित भारतमा दुईवटा र नेपालमा एउटा प्लान्ट सञ्चालनमा छ । पचास बर्षको इतिहास बोकेको अमेरिकी कम्पनीसँग सहकार्य गरेर मार्भेल टेक्नोप्लाष्टले उपभोक्ताको बदलिँदो चाहना र आवश्यकताअनुसारका उत्पादनहरु दिन सफल भएको छ ।
प्रतिक्रिया