काठमाडौंको प्राथमिकता सामाजिक विकास, ललितपुरको पूर्वाधार

काठमाडौं । काठमाडौं र ललितपुर महनगरपालिकाले मंगलबार एकै दिन पारेर आगामी आथिर्क वर्ष ०७६÷७७ का लागि वजेट प्रस्तुत गरेका छन् । बजेटमा काठमाडौंले सामाजिक विकास कार्यक्रमलाई प्राथमिकतामा राखेको छ भने ललितपुरले पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

कामपाले आगामी आर्थिक वर्षका लागि १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । मेयर विद्यासुन्दर शाक्यले नगरसभामा साढे १५ अर्बको विनियोजन विधेयक प्रस्तुत गरेका हुन् ।

भौतिक पूर्वाधारका लागि चार अर्ब ३१ करोड, समाजिक विकास कार्याक्रमका लागि एक अर्ब ५२ करोड, शिक्षाका लागि एक अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ ।

पर्यटन तथा सम्पदा संरक्षण्का लागि ६७ करोड, हनुमान ढोका संरक्षण कार्यक्रमका लागि करिब ५५ करोड, वातावरण तथा उद्यान व्यवस्था कार्यक्रमका लागि ३१ करोड ८५ लाख, सहरी योजना सम्बन्धी कार्यक्रमका लागि २९ करोड र सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि १६ करोड ८१ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

सूचना तथा सञ्चारका लागि १६ करोड, जनस्वास्थ्य सेवा कार्यक्रमका लागि १२ करोड, विपद व्यवस्थापनका लागि सात करोड, अन्तर्राष्ट्रिय सम्बन्ध प्रवद्र्धनका लागि ६ करोड ५९ लाख, कृषि तथा पुशसेवाका लागि ६ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको मेयर शाक्यले बताए ।

ललितपुरको प्राथमिकता पूर्वाधार विकास
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७६÷७७ को लागि पूर्वाधारका विकासलाई प्राथमिकता दिइएको छ । कुल वजेटको ३९ प्रतिशत पूर्वाधार विकासका लागि विनियोजन गरेको छ ।

महानगरको कुल वजेट पाँच अर्ब १७ करोड ९६ लाख ३२ हजारको रहेको छ । जसम मध्ये पूर्वाधार विकासमा मात्रै दुई अर्व सात करोड ३६ लाख तीन हजार वजेट विनियोजन गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताएका छन् ।

महानगरका मेयर चिरिबाबु महर्जनले मंगलबार महानगरको नगरसभामा आगामी आर्थिक वर्षका लागि वजेट प्रस्तुत गरेका हुन् । महानगरले आगामी आर्थिक वर्षका पूर्वाधार विकासमा प्राथमिकता दिएर वजेट ल्याएको छ ।

महानगरले ल्याएको पाँच अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट मेयर महर्जनका अनुसार कुल बजेटको करिब ३९ प्रतिशत रकम पूर्वाधार विकासका लागि विनियोजन गरिएको हो । महर्जनले आगामी आर्थिक वर्षका लागि वजेट प्रस्तुत गर्दै चालु खर्चका लागि कुल बजेटको २१ दशमलव ७४ प्रतिशत अर्थात एक अर्ब १२ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको बताए ।

यसैगरी आर्थिक विकासका लागि भन्दै महानगरले ७५ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने संस्थागत विकास र सुशासनका लागि दुई करोड २५ लाख बजेट छुट्याएको छ ।

उता सामाजिक विकासका लागि भने १६ करोड ८४ लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापनमा लागि खर्च गर्ने भन्दै महानगरले १६ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको मेयर महर्जनले बताए । महानगरले वजेट सार्वजनिक गरे पनि पारित भने भएको छैन । नगरसभाको बन्द शत्रमा छलफल गरेर बजेट पारित हुनेछ ।

प्रतिक्रिया