एनआईसी एशिया र सीपी हस्पिटलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र सीपी हस्पिटल, प्रालि धनगढीबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई सीपी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको छुट प्रदान गरिने छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सीपी हस्पिटलको तर्फबाट हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरे । बैंकले मुलुकभर मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया