बैंक अफ काठमाण्डूका ग्राहकलाई होम अटोमेसनमा छुट

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । जेठ ६ गते भएको समझौता अन्र्तगत बैंक अफ काठमाण्डूूका ग्राहकहरुले आफ्नो कार्ड मार्फत सानेपा स्थित होम अटोमेसन नेपालमा उपलब्ध सामानहरुमा १० प्रतिशत सम्म छुटको लाभ उठाउन सक्नेछन ।

हाल बैंक अफ काठमाण्डूले ७५ वटा एटिएम, ८७ वटा ब्रान्च र ९ वटा एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिक सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया