बर्जर पेन्टले ल्यायो वेदरकोट लङलाइफ

काठमाडौं । नेपालमा सन दुई हजारदेखि सजावटी रंगहरूको उत्पादन गर्दै आएको बर्जर जेन्सन एन्ड निकोल्सन ९नेपाल० प्रालिले अहिले सम्मकै सबैभन्दा नवीनतम प्रविधिमा आधारित बर्जर वेदरकोट लङलाइफ बजारमा उपलब्ध गराएको छ । पियु र सिलिकन प्रविधिको प्रयोग गरिएको यो पेन्ट प्रिमियम एक्स्टेरियर पेन्ट हो । घामपानी छेक्छ, १० वर्ष टिक्छ भन्ने नारासहित सार्वजनिक गरिएको यस पेन्टमा १० वर्षको वारेन्टी पाउन सकिनेछ ।

बर्जर वेदरकोट लङ लाइफमा भएको पियु इमल्सनले घरको चमक वर्षौं वर्षसम्म कायम राख्छ, भने चर्को घामबाट र मुसलधारे वर्षाबाट समेत सुरक्षा प्रदान गर्दछ । त्यस्तै सिलिकन प्रविधिले घरको बाहिरी भित्ताहरूमा ढुसी, लेऊ जस्ता विकारहरू बाट बचाउँछ, भने रङको आयु लम्बाउँछ, साथै रङलाई सधैँ नयाँजस्तै बनाइराख्छ ।

प्रतिक्रिया