सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स कम्पनीबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कमपनी नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धि सम्झौतापत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका तर्फबाट महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरे ।

त्यस्तै, सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले आगामी दिनहरूमा, जनरल इन्स्योरेन्स कमपनी नेपाल लिमिटेडमा बिमा गर्ने ग्राहक वर्गहरूलाई आवश्यक निर्जीवन बिमासम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकको सम्पूर्ण शाखा कार्यालयहरू बाट उपलब्ध हुने बताए । सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ सेवा, १६९ एटिएममार्फत उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया