छात्रावृत्ति वितरण कार्यक्रम सम्पन्न

कावासोती । नवदुर्गा आधारभूत विद्यालय कावासोती २ को छात्रावृत्ति वितरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । विद्यालयमा शैक्षिक सत्र २०७५ मा अध्ययन गरेका विद्यार्थीहरुलाइ एक समारोहका बीच छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक टीकाराम डुम्रेले जानकारी दिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष मुक्तिराम पौडेलको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष झमान सिंह कानुङ मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत दलित छात्र छात्रा र अन्य छात्रासहित ९४ जना विद्यार्थीलाइ छात्रवृत्ति प्रदान गरिएको प्रधानाध्यापक डुम्रेले जानकारी दिए ।

प्रतिक्रिया