काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग आवद्ध भएको छ । इन्स्योरेन्सले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई एनसिएचएलको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न उक्त संस्थासँग सम्झौता गरी आबद्ध भएको हो ।
उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायण बाबु लोहनी र एनसिएचएलका तर्फबाट संस्थाका सिइओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । यससँगै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स यस क्लियरिङ हाउसको सदस्यका रूपमा जोडिने पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल(आईपीएस र कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणालीसँग आबद्ध भएपछि एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बिलहरू, भुक्तानी लिनुपर्ने रकमहरू र लगानीसम्बन्धी कारोबारहरू यस संस्थासँग आबद्ध भएका बैंक खाताहरूबाट सोझै गर्न सक्नेछ ।
प्रतिक्रिया