दार्चुला । भारतबाट भन्सार छलेर आयात गर्न लागिएको चार लाख बराबरको सामग्रीहरू सशस्त्र प्रहरी टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरीको ५० नम्बर गुल्म दार्चुलाका गुल्मपति डिएसपी भीमबहादुर चन्दको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले ४ लाख २० हजारको सामग्री बरामद गरिएको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले मालिकार्जुन गाउँपालिका–७ जौलजीवी क्षेत्रमा भारतबाट अबैध रूपमा आयात गर्न लागिएको १६ सय ८० बन्डल बिँडी बरामद गरेको हो । सशस्त्र प्रहरीको ५० नम्बर गुल्म दार्चुलाका गुल्मपति चन्दका अनुसार राती मोबाइल गस्तीमा गएका बेला जौलजीवी क्षेत्रबाट भन्सार छली अबैध रूपमा आयात गर्न लागिएको सामग्रीहरू बरामद गरिएको हो ।
सशस्त्र प्रहरी टोलीले यो वर्षकै सबैभन्दा बढी परीणाममा भारतीय बिँडी बरामद गरेको हो । सशस्त्र प्रहरीले पछिल्लो समय गस्ती तथा मोबाइल गस्तीमार्फत् सक्रियता बढाएको छ । मध्यरातीदेखि राती दुई बजेतिर पनि सशस्त्र प्रहरी ५० नम्बर गुल्मबाट सशस्त्र प्रहरीको टोली गस्तीमा जाने गरेका छन् ।
राती दुई बजे सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले अहिलेसम्मकै ठूलो परीमाणमा अबैध सामग्रीहरू बरामद गरेको छ भने वैशाख र जेठ महिनाको सुरुमा समेत केही सामग्रीहरू बरामद गरिएको छ ।
२१ वैशाखमा मालिकार्जुन गाउँपालिका–८ बेतक्षेत्रबाट ८९ हजार ५ सय ४० बरामरको घोडा बिँडी तथा चप्पलहरू बरामद गरिएको थियो । यस्तै सशस्त्र प्रहरीकै गस्ती टोलीले ६ जेठमा पनि १ लाख १८ हजार बरामरको बिँडी बरामद गरिएको डिएसपी चन्दले बताएका छन् । सीमा क्षेत्रमा अबैध रूपमा भारतबाट सामग्रीहरू आयात गर्ने गरेको आशंकामा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ ।
प्रतिक्रिया