यतिवेला सर्वाधिक चर्चामा रहेका छन् इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी । हक्की स्वभावका उलने बोलेको केही शब्द र प्रस्तुतिका कारण केहीले वाह मेयर साहेब भन्दैछन् भने केही गाली गर्दैछन् । उनलाई भने आफ्ना अभिव्यक्ति र आक्रोश सामान्य लाग्छ । नगरपालिकामा आएदेखि नै केही सञ्चारमाध्यम र आफ्नै पार्टीका स्थानीय नेताका कारण आफूले निकै दुःख पाएको बताउने मेयर जस्तोसुकै अफ्ठ्यारो अवस्था आए पनि भ्रष्टाचारविरोधी अभियानमा लागिरहने बताउँछन् । यिनै सेरोफेरोमा रहेर चौधरीसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवाद ।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
–अहिले राजधानीमा भएकाले फुर्सदै फुर्सद छ । जतिवेला गृहनगरमा फर्कन्छु त्यतिवेला मात्रै व्यस्त हुन्छु ।
अहिलेको तपाईंको समय सञ्चार माध्यम र सञ्चारकर्मीसँग संवादमा बितेको छ हो ?
–अब मिडियाका साथीहरूले भेटेर संवाद गर्न खोजको वेला भ्याएसम्म समय दिने गरेको छु । त्यसमा कतिले चाहेको वेला भेट्न सकिएको छैन होला त्यसैले अरूले हेर्दा म व्यस्तजस्तो लाग्न सक्छ । तर, यता हुँदा केही कामै गरेको छैन । उता जिल्लामा भएको वेला भने व्यस्त हुन्छु नै । जनताका धेरै काम हुन्छन् त्यसैमा समय बित्छ ।
केही दिनदेखि मसँग जोडिएर जे जति पनि प्रतिक्रियाहरू आएका छन् त्यसलाई मैले सहज रूपमा लिएको छु । जे जति प्रतिक्रिया आएका छन् त्यसबाट म न दुःखी, निरास भएको छु न फुरुंग परेको छु । यसलाई सहज रूपमा लिएको छु । अहिले विज्ञान, प्रविधि र सञ्चारको युग हो । त्यसकारण अहिले सामाजिक सञ्जालहरूको कहीँ सदुपयोग भएको छ कहीँ दुरूपयोग भएको छ । सञ्चारमाध्यम सशक्त छन्
यतिवेला तपाईं जुन विषयले चर्चामा हुनुहुन्छ त्यसमा तपाईंका पक्ष र विपक्षमा विभिन्न प्रकारका टिप्पणीहरू आएका छन्, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
–केही दिनदेखि मसँग जोडिएर जे जति पनि प्रतिक्रियाहरू आएका छन् त्यसलाई मैले सहज रूपमा लिएको छु । जे जति प्रतिक्रिया आएका छन् त्यसबाट म न दुःखी, निरास भएको छु न फुरुंग परेको छु । यसलाई सहज रूपमा लिएको छु । अहिले विज्ञान, प्रविधि र सञ्चारको युग हो । त्यसकारण अहिले सामाजिक सञ्जालहरूको कहीँ सदुपयोग भएको छ कहीँ दुरूपयोग भएको छ । सञ्चारमाध्यम सशक्त छन् । ती सञ्चार माध्यमको पनि कहीँ सदुपयोग कहीँ दुरूपयोग भएको छ । यसलाई आममान्छेले सहज रूपमा बुझेर आफैँ पनि मूल्यांकन गर्नुपर्छ । यसमा मैले मात्रै यस विषयमा बोलेर पुग्दैन । वास्तविकता के हो र मेरो ठाउँमा मैले के गरेको छु सबैले बुझिदिँदा राम्रो हुन्छ । अझ मैले सम्बोधन गर्नुभन्दा सचेत जनता आफैँले सम्बोधन गरिरहनुभएको छ ।
आममान्छेमा जनप्रतिनिधिले जनताका अपेक्षाअनुसार भन्दा आफ्नो स्वार्थमा पद र प्रतिष्ठालाई प्रयोग गरेर काम गरेको आरोप लागिरहेको वेला तपाईं भ्रष्ट्राचारका विरुद्ध जसरी उभिनुभएको छ यो ठीक हो वा अलि बढी गरेँ कि ठान्नुहुन्छ ?
मलाई मेरो उपमहानगरका जनता र मलाई बुभ्mने मेरो जिल्लाका जनताले कहिले पनि शंकाका घेरामा राखेका छैनन् । ०४९ र ०५४ मा दुईपटक तत्कालीन हाँसपोसा गाविसको अध्यक्ष भएर त्यहाँका जनताका बीचमा काम गरेँ । जनताका अघि म ऐनाजस्तै छर्लंग छु । अहिले मेयरका रूपमा उपमहानगरपालिकामा नेतृत्व गरेको छु । यो बीचमा त्यहाँका जनताले मलाई राम्रोसँग चिन्दछन् । म इटहरीमा नै जन्मेँ, त्यही हुर्कें, इटहरी नै मेरो कर्मथलो बन्यो । मेरो विगत र वर्तमान त्यहाँका जनताले बुझेका छन् । यति मात्रै होइन म कुन वर्ग र परिवारबाट आएँ भन्ने बारेमा त्यहाँका जनतालाई सबै कुरा थाहा छ । यसैले मैले सस्तो लोकप्रियताका लागि वा चर्चाका लागि केही गरेको छैन । जे गरेको छु त्यो बढी पनि होइन ।
मान्छेले कहिलेकाहीँ राम्रो काम गर्दा चर्चा हुन्छ कहिलेकाहीँ नराम्रो काम गर्दा पनि चर्चा हुन्छ । जस्तो हिन्दी सिनेमा सोलेको चर्चा गर्दा बच्चाका आमाहरूले भन्थे रे ‘बेटा सो जाओ नही तो गब्बर सिंह आजाएगा’ मान्छेका स्वभाव र उसको चिन्तनअनुसार पनि कैयौँ मान्छेलाई तर्साउनुपर्ने हुने रहेछ । पछिलो घटना त्यो पनि हो । त्यो मेरो रहर होइन मलाई अनेक प्रकारका दुःख दिएर आक्रोशित बनाइयो जुन मैले अभिव्यक्त गरेँ
तपाईंको जिम्मेवारी इटहरी उपमहानगरपालिका तर चर्चा भने सारा नेपालीका बीचमा हुनुभयो यसलाइ कसरी लिनुहुन्छ ?
यसमा म के भन्न चाहान्छु भने मान्छेले कहिलेकाहीँ राम्रो काम गर्दा चर्चा हुन्छ कहिलेकाहीँ नराम्रो काम गर्दा पनि चर्चा हुन्छ । जस्तो हिन्दी सिनेमा सोलेको चर्चा गर्दा बच्चाका आमाहरूले भन्थे रे ‘बेटा सो जाओ नही तो गब्बर सिंह आजाएगा’ मान्छेका स्वभाव र उसको चिन्तनअनुसार पनि कैयौँ मान्छेलाई तर्साउनुपर्ने हुने रहेछ । पछिलो घटना त्यो पनि हो । त्यो मेरो रहर होइन मलाई अनेक प्रकारका दुःख दिएर आक्रोशित बनाइयो जुन मैले अभिव्यक्त गरेँ ।
तपाईं सोलेको हिरो हो त ?
म आफूलाई हिरो त भन्दिनँ तर खलनायक भने होइन । म नेपाली जनता र राष्ट्रको एउटा इमानदार छोरा भने हुँ । त्यहीअनुसार काम गरेको छु । कसैलाई हिरो लाग्न सक्छ कसैलाई जिरो ।
जुन कारणले चर्चामा हुनुहुन्छ, त्यसमा कहिलेकाहीँ आफैँले बोलेको कुरा अलि बढी आक्रोशित भए कि भन्ने लाग्दैन ?
म तपाईंसँग अलिकति नीति शास्त्रको सहारा लिन्छु (उनले संस्कृतमा भने, अधना धनमिच्छन्ति, वाचं चैव चतुष्पदः । मानवाः स्वर्गमिच्छन्ति मोक्षमिच्छन्तिदेवताः ।।) यसको अर्थ हुन्छ धन नहुनेले धनको चाहना गर्छन्, बोली नहुनेले बोलीको चाहना गर्छन् । मान्छेले स्वर्गको चाहना गर्छन् भने देवताले मोक्षको चाहना गर्छन् । मेरो आशय हो जसको मुखमा बोली छैन वा बोल्न सक्दैन त्यसलाई पनि आवश्यकताभन्दा बढी घोचेको घोच्यै गर्नुभयो, कुटनुभयो भने त्यसको पनि मुखबाट बोली फुट्न थाल्छ । आफ्नो चित्कार ओकल्छ । मैले बोल्नुको पछि पनि केही घटनाक्रम छ । विगतको दुई वर्षदेखिको घटना क्रम छ ।
त्यो घटनाक्रम बताउन मिल्छ ?
म यहाँसम्म पुग्नु, कसैलाई ठूलो स्वरले बोल्नु, कराउनु भनेको दुई वर्षको सिलसिला हो जुन दुई मिनेटमा सकिन्छ । स्थानीय निर्वाचनका वेलादेखिकै हो । म पार्टी जिल्ला कमिटीको अध्यक्ष थिएँ । पार्टी जिल्ला सदस्य रामप्रसाद चौलागाईं र प्रदेश कमिटीका सदस्य अर्को एक जनाको पनि नाम सिफारिस भएको थियो । तर, टिकट मैले पाएँ र उहाँहरूको घरमा जाँदा रामप्रसादजीकी पत्नीले निकै आक्रोश पोख्दै झम्टन आउनुभयो । मैले भनेँ, ‘टिकट मैले खोसेको होइन पार्टीले दिएको हो । उहाँले पाएको भए मैले सघाउनु पथ्र्यो । मैले पाएँ, उहाँले सघाउन पर्छ अब । प्रदेशको निर्वाचनमा उहाँलाई म सघाउँला ।’ उम्मेदवार घोषणासभामा पनि उहाँले अस्वाभाविक प्रकारको व्यवहार गर्नुभयो मैले आफ्नो गलाको माला लगाउँदै भने अर्कोपटक तपाईंको पालो ।
मान्छेले स्वर्गको चाहना गर्छन् भने देवताले मोक्षको चाहना गर्छन् । मेरो आशय हो जसको मुखमा बोली छैन वा बोल्न सक्दैन त्यसलाई पनि आवश्यकताभन्दा बढी घोचेको घोच्यै गर्नुभयो, कुटनुभयो भने त्यसको पनि मुखबाट बोली फुट्न थाल्छ । आफ्नो चित्कार ओकल्छ । मैले बोल्नुको पछि पनि केही घटनाक्रम छ
त्यतिभन्दा पनि उहाँको मन शान्त भएन । निर्वाचनपछि सिएफएल प्रकरण झिकेर मिडियाबाजी गर्नुभयो । त्यसमा साथ दिने काम ‘पूर्वीबजार’ का सम्पादक प्रेम वास्तोला र स्थानीय पत्रकार बिराट अनुप हुन् । गएका दुई वर्षमा उहाँहरूले लेखेका समाचार, फेसबुक स्टाटस र कमेन्ट हेर्ने हो भने धेरै थाहा हुन्छ । सधैँ मलाई नभएका कुरामा लाञ्छना लगाउँदै नालायक, असक्षम र अयोग्य सावित गर्ने प्रयास भएको छ । त्यसमा पनि मैले धेरै सहने प्रयास गरेँ । अति भएर ममा आक्रोश उत्पन्न भएको हो ।
त्यसोभए पार्टी भित्रैका साथीहरूले पनि तपाईंलाई यो तहसम्म ल्याउने काममा भूमिका खेल्नुभयो ?
देख्नुभएकै छ नि हाम्रो पार्टी कस्तो छ । एउटाले अर्काको तेजोबध गरेर सिध्याउने । पार्टीभित्र चरम गुटबन्धी गर्ने । त्यस काममा इटहरी पनि अछुतो छैन । तर, त्यहाँ राजनीतिक गुटबन्दी भन्दा पनि व्यक्तिको स्वार्थ पूरा गर्न जस्तोसुकै हथकण्डा अपनाउने काम हुन्छ । जसको सिकार मलाइ बनाउने प्रयास भयो ।
तपाईं जसरी आफ्नो बारेमा फेस गर्दै हुनुहुन्छ यसबारेमा तपाईंलाई पार्टी र नेतृत्वले केही भनेको छैन ?
–अलि बढी बोल्दै हुनुहुन्छ नबोलिदिए हुन्थ्यो भन्नुभएको छ । कतिले फेसबुक र मिडियामार्फत प्रतिक्रिया दिनुभएको छ । उहाँहरूले फेसबुकमा नलेखेर मसँग सिधै भन्नुभएको भए हुन्थ्यो नि ! उहाँहरूसँग मेरो फोन नम्बर नभएको होइन । के भएको हो इटहरीमा भनेर सोध्नुभएको भए पनि हुन्थ्यो । म जुन कमिटीमा छु त्यो कमिटीले पनि मलाई केही निर्देशन गरेको छैन । पार्टीको संसदीय फ्याक्सन छ त्यसले पनि मलाई बोलाएर सोध्न वा निर्णय गर्नसक्छ । तर, अहिलेसम्म पार्टीबाट आधिकारिक रूपमा केही आएको छैन नेताहरूको व्यक्तिगत धारणा सामाजिक सञ्जाल र मिडियामा आएका छन् ।
तपाईंको भनाइअनुसार जनता र सत्यता तपाईंको पक्षमा हुँदाहुँदै केही मिडिया, सञ्चारकर्मी र साथीहरू मेयरको टिकट पाएकै कारणले विरोधमा लागेका हुन् त ?
–एउटा त्यो पनि हो । अर्को कुरा अनेक प्रयासले बदनाम गरेर फेरि मेयरको कुर्सी चियाउन नै नसकोस् अहिले नै आँखा फूटाउन् भन्ने हो । त्यसो गर्न सकियो भने आफूहरू आउने दिनमा स्थापित भइएला भन्ने पनि हो ।
केही कुरा संगतले पनि सिकिन्छ । मलाई अहिलेसम्म ठिकै पार्टीमा लागेको छु भन्ने लाग्छ । बाबुको एक्लो छोरा हुँ, बाबुको आधासम्पत्ति राजनीति गरेर सकाएँ । आधा बाँकी छ तैपनि सम्तोष छ । आफूसँग भएको बस्तुमा सन्तोष मान्नुपर्छ र सकारात्मक सोच राखेर अघि बढे समाज विकास हुन्छ ‘फूलको आँखामा फूलै संसार’ भने जस्तै
तपाईंले उठाउँदै आउनुभएको सार्वजनिक जग्गा कब्जाको विषय के हो ?
डिबिएम (डाइमन्ड वैदिक स्कुल) ले तीन बिघा जमिन अतिक्रमण गरेको छ । त्यसमा अहिले हामीले जनता पार्क निर्माण गर्न लागेका छौँ । त्यो जमिन ६० करोड मूल्यको सम्पत्ति हो । त्यसलाई हामीले सार्वजनिक प्रयोगमा ल्याउने प्रयास गर्यौँ । त्यसमा पनि भूमाफियाहरूले ठूलो चलखेल गरे । मुख्यमन्त्रीबाट शिलान्यास गर्ने समय मिलाइसकेका थियौँ, उहाँले पनि साथ दिनुभएन त्यसपछि सय वर्ष पुग्न लाग्नुभएको ‘वृद्ध बा’ बाट शिलान्यास गर्यौँ । र, काम अघि बढेको छ । यसका साथै अनेकन स्वार्थ जोडिएको छ । भू–माफिया, स्वार्थी, घुसखोरी, कालाबजारी तस्करीजस्ता मान्छेको मोर्चाबन्दी मेरो विरुद्धमा लागेको छ त्यसलाई तोडेर म अघि बढनेछु । महाभारतको अभिमन्युले चक्रव्यूह तोडन सकेका थिएनन्, तर म यी सबैको मोर्चा तोडेर अघि बढ्नेछु । यो मेरो भीष्मप्रतिज्ञा हो ।
यतिवेला त्यहाँका जनताले चाहिँ के भनिरहेका छन् ?
फोनमा सम्पर्क भएका र सामाजिक सञ्जालमा आएका अभिव्यक्ति हेर्दा सबैले भनेका छन्, ‘मेयरसाहेब तपाईंलाई हाम्रो साथ छ । यो अभियानमा अघि बढ्नोस् खराब मान्छे एकदिन नांगिनेछन् ।’
भ्रष्टाचार विरोधी अभियानमा तपाईंले गर्नुभएको प्रयास अरूले पनि सिक्नुपर्छ भन्ने लाग्छ ?
–केही कुरा संगतले पनि सिकिन्छ । मलाई अहिलेसम्म ठिकै पार्टीमा लागेको छु भन्ने लाग्छ । बाबुको एक्लो छोरा हुँ, बाबुको आधासम्पत्ति राजनीति गरेर सकाएँ । आधा बाँकी छ तैपनि सम्तोष छ । आफूसँग भएको बस्तुमा सन्तोष मान्नुपर्छ र सकारात्मक सोच राखेर अघि बढे समाज विकास हुन्छ ‘फूलको आँखामा फूलै संसार’ भने जस्तै ।
यो दुई वर्षको अवधिमा लाभ लिन खोज्नेहरू कति आए ?
त्यसको त कुरै नगर्नुस् । निर्वाचित भएर आएपछि विज्ञापन छापेको भन्दै बिल लिएर आउनेको लाइन लाग्यो । निर्वाचनको वर्ष हो त्यही खर्च मानेर खल्तीबाट सकेको गरेँ । पत्रकारहरू आउने नगरपालिकाको गेटमा रहेको चिया खाजा खाएर जाने गरेका रहेछन् । त्यसरी लाखौँको बिल आए । मैले सबै दुलादाली बन्द गरिदिएँ । त्यसले घुसिया, माफिया, तस्करीहरू तिलमिलाए । नगरपालिका लुट्ने ठाउँ हो भन्ने बुझाइ रहेछ । अहिले बैठकमा कर्मचारी जनप्रतिनिधि सबैलाई कुपनमा खाना खाजाको सिस्टम छ । त्यसपछि उनीहरूलाई लाग्यो यो मेयरसँग सकिन्न । यसलाई कुनै पनि बहानामा बद्नाम गर्नुपर्छ । यसैमा उनीहरू लागिरहेका छन् ।
भनेपछि अहिलेसम्म तपाईंले प्रकट गर्नुभएका आक्रोश सबै भोगाइका कारण हुन् ?
–हो, ऋषि जमदग्नीका छोरा परशुरामले शस्त्र बोकेर हजारौँ क्षत्रीको बध गरे । उनले आवेगमा आफ्नै आमाकोसमेत बध गरे । धार्मिक मान्यतामा ब्राम्हणका छोराले हतियार बोकेर जान हुँदैन थियो । परिस्थितिले उनलाई हतियार बोक्न वाध्य बनायो । मैले त हड्डी मात्रै भाँच्छु भनेको हो, भाँची नै हालेको त छैन नि । हामी परिवर्तनका संवाहक हौँ सस्तो लोकप्रियता वा चर्चाका लागि बोलेको होइन । यसमा हामी सबैले समाज बनाउने हो भने यस्ता गलत कुराको प्रतिवाद गर्नैपर्छ । कहाँ कसरी गर्ने त्यो मात्रै हो ।
यो घटनापछि चुनौती धेरै छन् अब के गर्नुहुन्छ ?
मैले प्रशासकीय अधिकृत, नक्सा शाखा, इन्जिनियर, योजना शाखा, ठेकेदार व्यापारीहरूलाई बोलाएर भनेँ । अब नगरपालिकामा कुनै ठेक्कापट्टा गरेबापत् एक रुपैयाँ कमिसन दिनु पर्दैन । इन्जिनियर ओभरसियर तपाईंहरूको कमिसनको भरिया बन्ने छैनन् । यी सबै राष्ट्रनिर्माता नागरिक हुन् भनेर सबैले समर्थनमा ताली पिटे । अब यहाँ कमिसनमा काम र स्वार्थमा सम्झौता हुँदैन भने । मलाई थाहा छ मुहान सफा भयो भने चुहान सफा हुन्छ । मेयर क्लियर भयो भने पिउन पनि क्लियर हुन्छ, मेयर आफैँ भ्रष्ट भयो भने अरू पनि भ्रष्ट हुन्छन् ।
स्वच्छ इटहरी नगरपालिका बनाउने तपाईंको अभियानमा जनताका हितमा अझै के गर्नुहुन्छ ?
हरेक दिन ६ घण्टा आरम गर्छु । बाँकी १८ घण्टा इटहरीको विकास र समृद्धिका लागि काम गर्छु, चिन्तन गर्छु, मनन गर्छु । मैले जुन काम थालेको छु, त्यही कामका लागि पार्टीमा लागेको हो । यही कामका लागि नै हाम्रो पार्टीलाई जनताले अत्यधिक मत दिएका हुन् । त्यसकारण यो दुईतिहाइ नजिकको नेकपाको सरकारप्रति जनताको ठूलो आशा र भरोसा छ । त्यो भरोसा पूरा गर्न स्थानीय निकायमा नेतृत्व गर्ने हामी जनप्रतिनिधि र पार्टी कार्यकर्ताको हो । हामी जनप्रतिनिधिले इमानदारीपूर्वक काम गरे पार्टीको लोकप्रियता बढ्छ । हामी कम्युनिस्ट पार्टीका कार्यकर्ताले इमानदारीपूर्वक काम गर्नुपर्छ । र, पार्टीले पनि समाज र पार्टीभित्र विकास हुँदै गएको गलत कुराको अन्त्य गर्न सुदृढीकरण अभियान चलाउनु जरुरी छ ।
प्रतिक्रिया