पाँच बुदेलाई पार्टीले चिन्दैन

काठमाडौं । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रविच २ जेठमा एकता भएको एक वर्ष पुगेको छ । तर, एक वर्ष पुगेलगत्तै सरकारको नेतृत्व आलोपालो गर्ने गरी पाँच बुदे लिखित सहमति भएको भनेर दुईमध्ये एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलासा गरेका छन् ।

उनका अनुसार अबको १५ महिनापछि सरकारको नेतृत्व उनिआफैले सम्हाल्ने छन् । तर, तत्कालिन एमालेका नेताहरुले भने सो सहमतिलाई एकतापछि बनेको पार्टी नेकपाले नचिन्ने बताएका छन् । एमालेका महासचिव रहिसकेका तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले यो सहमतिलाई पार्टीले नजान्ने बताए । सो सहमतिका विषयमा बिबिसीको नेपाली सेवाले गरेको अन्तवार्ताको विशेष अंश प्रस्तुत गरेका छौं –

महाधिवेशनले टुंगो लगाउनुपर्ने धेरै कुरा त दुई अध्यक्षले लिखित सहमति नै गरेका रहेछन् नि ?
त्यो लिखित सहमति, नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयमा औपचारिक ढंगले आएको छैन । कुनै कमिटिमा वा कमिटिको बैठकमा छलफल समेत भएको छैन । त्यसकारण हामी त्यसबारेमा जान्दैनौं । यदी दुई अध्यक्षको विचमा सहमति, समझदारी जेसुकै भएतापनि वा भएको थियो भनेपनि त्यसको एउटा समय होला, मर्यादा होला, सिमा होला ।

लिखित सहमति चाँही गर्ने ? अनि त्यो भएको थियो भन्दा सिमा मर्यादा नाघेको हुन्छ त ?
दुई जना अध्यक्षको विचमा भएको हो भनेपनि ‘पब्लिक कम्जन्सन’ वा ‘पब्लिक प्रेसर विल्डअप’ गर्न वा किन बोल्दैछौं । त्यो अहिले जरुरी हो र ?

कुनै संचारकर्मी साथीसँगको अन्तवार्तामा विरह हो की कमिटि भित्र राखेर छलफल गर्ने विषय हो

आठ महिना अघि तपाईले यो पाँच वर्षको सरकारको जनादेश खण्डित गर्ने गरी कुनै सहमति नभएको दावी नै गर्नुभएको थियो नि ?
तपाईलाई म के अनुरोध गर्न चाहान्छु भने अहिले कथाकतिथ त भन्दिन । तर, त्यो कथित पाँच बुदे सहमतिको कुरा हो भने त्यसलाई दोहो¥याएर हेर्नुपनि होला । पाँच वर्षका लागि आधा आधा, यतिबेला सम्म भनेर त्यो पढ्दा मैले कही बुझिन् । आवश्यकता अनुसार गर्ने हो ।

कुन बेलादेखी हो ? कसो हो ? भनेर बुझ्नुपर्छ कि पर्दैन । २०७५ साल जेठ २ गते जारी गरिएको भनिएको यो कतिथ सहमतिको कुरा गर्दै हुनुहुन्छ भने । एउटै पार्टी भएपछि दुवै जना अध्यक्षले सयुक्तरुपमा दिएको अन्तवार्तामा पनि हिजोको अवस्थामा हामी अलग मानसिकता, अलग मनोविज्ञान भएको बेला गरिएको कुराहरु एकीकृत भईसकेपछि आउने छैनन भन्ने कुराहरु हामीले विगतमा पढेका छौं । यदी थियो भनेपनि त्यो बाहिर के को लागि भनिदैछ ? के उदेश्य प्राप्तीका लागि भनिदैछ ?

केपी ओली पाँच वर्ष प्रधानमन्त्री भएपनि मेरो कुनै आपत्ति छैन तर मेरो भुमिका प्रष्ट हुनुप¥यो भनेर प्रचण्डले भन्नुभएको छ ?
हैन भुमिका भनेको, कुनै संचारकर्मी साथीसँगको अन्तवार्तामा विरह हो की कमिटि भित्र राखेर छलफल गर्ने विषय हो ।

पार्टीभित्र छलफल नै भईरहेको छ भनेका छन् प्रचण्डले अन्तवार्तामा ?
म सचिवालयमा छु । अहिले नेपाल कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय सचिवालय हो । त्यो सचिवालयमा यसविषयमा छलफल भएको मलाई थाहा छैन ।

तपाई त तत्कालिन एमालेको महासचिव यसरी लिखित सहमति भएको रहेछ तपाईलाई थाहा नै रहेनछ नी ?
कतिथ सहमतिको संस्थागत ढंगले त्यसको छिनोफानो त हुन बाँकी नै छ नी । यो जनादेश पाँच वर्षको लागि हो । केपी ओलीले नेतृत्व गरेको यो सरकार पाँच वर्षसम्मका लागि हो । यो एउटा नेपाल कम्युनिष्ट पार्टीको सरकार हो । पाँच वर्षसम्म यसले सरकार चलाउछ । यसमा कहि ‘इफ’ ‘बट’ नसोच्नु होला ।

अहिले नेपाल कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय सचिवालय हो । त्यो सचिवालयमा यसविषयमा छलफल भएको मलाई थाहा छैन

उसो भए केपी ओलीले सत्ता हस्तान्तरण गर्दैनन् प्रचण्डलाई ?
हैन, हस्तान्तरण गर्ने विषय नै रहेन । पार्टीभित्र जिम्मेवारीको विषयमा छलफल होला, कुरा होला, आवश्यकता पर्ला त्यो अलग कुरा हो । त्यसकारण पार्टीले जे आवश्यक पर्छ त्यो निर्णय लिन्छ । तर, यो जनदवाव श्रृजना गर्ने विषय हुन सक्दैन ।

पार्टीको नेतृत्व र सरकारको नेतृत्व एउटै व्यक्तिले गर्नुपर्छ भन्ने तपाईको कुरा हो ?
यतिबेला कम्युनिष्टहरुले शासनसत्तालाई उपयोग गरेर सरकारमा गएका होइनन् । नेपालका कम्युनिष्टहरुले आफ्नो विचारलाई राज्य संचालनको केन्द्र भागमा पुगेर लागु गर्न गएका हुन् । यसको अर्थ के हो भने पार्टीले सरकार बनाउछ र चलाउछ, त्यसकारणले पार्टीको नेतृत्व जसले गर्छ सरकारको नेतृत्व पनि उसले गर्नुपर्छ भन्ने कुरा हो । धेरै शक्तिकेन्द्र बनाउनु हुदैन बरु नेताको समयावधि तोक्नुपर्छ ।

प्रतिक्रिया