कोकाकोलाले वल्र्ड वीथ आउट वेस्टका लागि काम गर्ने

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा कोकाकोला नेपालले आफ्नो सस्टेनेवलिटी पार्टनरहरूसँग मिलेर वल्र्ड वीथआउट वेस्टका लागि संकल्प गरेकोे छ । वल्र्ड वीथआउट वेस्ट, सन् २०३० सम्मको बिक्री गरिएको प्याकेजिङको सय प्रतिशत बराबरको संकलन र रिसाइकल गर्ने कोका–कोलाको प्रतिबद्धता हो ।

यसलाई हासिल गर्न कम्पनीले पोर्टफोलियो विस्तार गर्दै प्याकेजिङको सय प्रतिशत रिसाइकल गर्न यसको डिजाइनमा केन्द्रित गरको छ, साथै स्थानीय समुदाय, गैर–सरकारी संस्थाहरू, उद्योग तथा उपभोक्ताहरूको साझेदारीमा रिसाइकल प्याकेजिङ संकलन गर्न त्यसलाई सम्बन्धित ठाँउमा पु¥याउन लागि परेको छ । यस कार्यका लागि डिजाइन, संकलन तथा पार्टनरको तीन स्तम्भ रहेका छन् ।

कोका–कोला नेपालले तथा बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडले हालै नेपाली सेना, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार तथा नेपाल पर्वतारोहण संघ र एसपीसिसी सँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका लागि सबैभन्दा ठूलो अभियानको सुरुआत गरेको थियो ।

 

‘क्लिनआवर प्राइड’ भन्ने नाराका साथ सुरु गरिएको यस अभियानले विश्वको सबैभन्दा अग्लो हिमालको पवित्रतालाई सुरक्षित राख्दै यसको स्वच्छतालाई बचाइ राख्ने लक्ष्य लिएको हो । साथै कोका–कोला नेपालले दुईवटा पीईटी रिसाइक्लिङ प्रोजेक्ट–नगरमित्र तथा रिसाइक्लर साथीसँग सहकार्य गरेको घोषणा गरेको छ । पीईटी रिसाइक्लिङ पहलको रूपमा, कोका–कोला, जीआईजे, जीएमबीएच–जर्मनी, गणेशा इकोस्फ्यर लिमिटेड–इन्डिया, एचसीआई–नेपालले काठमाडौंलाई हरित बनाएर कानुनी, जिम्मेवार तथा वातावरण मैत्री पीईटी रि–कलेक्सन प्रणाली स्थापना गर्न साझेदारी गरेको छ ।

प्रतिक्रिया