सांसदद्वारा सबै स्थानीय तहमा एम्बुलेन्स

दोलखा । संघीय सांसद जिपछिरिङ लामाले दोलखाका ९ वटै स्थनीय तहलाई एक एक थान एम्बुलेन्स सहित २ वटा शव वहान वितरण गरेका छन् ।

आफ्ना आमा र बुबाका नाममा स्थापना गरिएको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट लामाले मंगलबार दोलखा सदरमुकाम चरिकोटमा एक कार्यक्रमको आयोजना गरी २ शव वहान र ९ वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन ।

एम्बुलेन्स र शवबाहन कुनै किसिमको चर्चा कमाउन नभई विशुद्ध सामाजिक सेवाभावले गरिएको पनि लामाले बताए । त्यसैगरि एम्बुलेन्स र शववाहन चालकले विषेश ध्यान दिनुपर्ने कुरा पनि लामाले बताए ।

सामाजिक काममा लामो समयदेखि सहयोग गर्दै आएका सांसद लामाले दोलखाली नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सहयोग गरेको उनले बताए ।

लामाले यसअघि गत मंसिरमा राजधानीमा आयोजीत एक कार्यक्रममा दोलखाका पाँच वटा स्थानीय तहहरुलाई एक एक थान एम्बुलेन्स सहयोग गरेका थिए । बाँकी रहेका स्थानीय तहलाई भने मंगलबार चरिकोट स्थित एवान पार्टी प्यालेसमा एक भब्य समारोहका बीच एम्बुलेन्स वितरण गरेका छन् ।

उनले जिल्लाका दुई ठूला शहरलाई लक्षित गरी भिमेश्वर नगरपालिका र जिरी नगरपालिकालाई एक -एक वटा शव वहान समेत वितरण गरेका छन् । उनले गत बर्ष गौरीशंकर गाउँपालिका–८ खारेलाई पनि एक एम्बुलेन्स उपलब्ध गराएका थिए । त्यो सहित सांसद लामाले वितरण गरेका एम्बुलेन्सको संख्या दश पुगेको छ । अव दोलखाका सबै स्थानीय तहमा एम्बुलेन्सको पहुँच पुग्ने भएको छ ।

दोलखाका सबैजसो स्थानीय तहका जनप्रतिनिधिहरु सम्मिलित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सांसद लामाले जिल्लाका पीडितको स्वास्थ्य उपचार सहज होस भन्ने उद्देश्यले एम्बुलेन्स वितरण गरिएको बताएका छन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तथा एम्बुलेन्स सेवा संघका संयोजक खगेन्द्र प्रसाद रिजालले मानिसले पैसा कमाउन ठुलो कुरा हैन समाज सेवा गर्नु ठुलो कुरा भएको बताए ।

प्रतिक्रिया