प्रमुख निर्वाचन आयुक्तमा थपलिया र सर्वोच्चमा पाँच न्यायाधीश नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिशमा दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरी राष्ट्रपतिले सोही संविधानको धारा २५८ को उपधारा (२) अनुसार संवैधानिक परिषद्को सिफारिशमा विष्णुमाया ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा नियुक्त गरेकी छन् । शुक्रबार नै सोही संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिशमा सर्वोच्च अदालतको न्यायाधीशमा उनले पाँच जनालाई नियुक्त गरेकी हुन् ।

त्यस्तै राष्ट्रपति भण्डारीले धनुषाका प्रकाशकुमार ढुङ्गाना, काठमाडौँका सुष्मलता माथेमा, झापाका कुमार रेग्मी, मोरङका हरिप्रसाद फुयाँल र काठमाडौँका मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छन् ।

प्रतिक्रिया