सुनिता हत्या प्रकरण पनि निर्मलाकै बाटोमा ?

अस्पतालको चक्कर सुरु भो । केही दिनमा उनी मरिन् । करोड रूपैयाँ दिन्छौँ कुरा मिलाउँ भनेर सचितान्दको पक्षबाट माइती पक्षमा कुरा पुगेको समाचार केही मिडियामा आएका पनि छन् । यो प्रकरणमा माइती पक्ष पनि उत्तिकै दोषी छ

आफ्नै श्रीमतीलाई कुटीकुटी मारेको अभियोगमा नारायणी अञ्चल अस्पताल वीरगञ्ज डाक्टर सचितानन्द यादव पुर्पुक्षका लागि थुनामा छन् । यही चैतको पहिलो साता श्रीमती सुनिता घाइते हुना साथ माइतीपक्षको उजुरीमा उनलाई पक्राउ गरिएको थियो । पक्राउपछि उनले कुटपिट स्वीकार गरेका पनि थिए । तर, कुटपिटबाट सुनिता मरणासन्न अवस्थामा पुगेकी छिन् भन्ने भेउ प्रहरीले पाएन । प्रहरी हिरासतमा रहेका डा. यादवले आफू बिरामी भएको बहाना बनाए । प्रहरीले स्वास्थ्य परीक्षणका लागि उनी कार्यरत अस्पतालमा लगे । डा. यादवलाई उनकै सहकर्मीहरूले चेकजाँच गरी गम्भीर बिरामी भएको भन्दै आइसियुमा भर्ना गरे ।

यता मरणासन्न हुनेगरी कुटपिटमा परेकी सुनिताको उपचारमा लापरबाही भइरह्यो भने उता बिरामीको बहाना बनाएका उनका श्रीमान् सचिदानन्दले भने आइसियुको बेड पाए । निकै गम्भीर अवस्थाका बिरामीहरूले मात्रै भर्ना पाउने आइसियुको बेडमा बसेर उनले आफ्नो पहुँच प्रयोग गर्न थाले । डाक्टर र नर्सबाहेक अरूलाई आइसियुको बेडमा पुग्न निषेध गरिएको हुन्छ । तर, डा. सचितानन्दले आइसियुको कक्षमै आफ्नो पक्षको बैठक गर्थे । उक्त कक्षमा निकै ठूलो भिड लाग्ने गथ्र्यो । उनले बैठक गर्दै गरेको भिडियो केही मिडियाबाट सार्वजनिकसमेत भयो ।

निकै गम्भीर अवस्थाका बिरामीहरूले मात्रै भर्ना पाउने आइसियुको बेडमा बसेर उनले आफ्नो पहुँच प्रयोग गर्न थाले । डाक्टर र नर्सबाहेक अरूलाई आइसियुको बेडमा पुग्न निषेध गरिएको हुन्छ । तर, डा. सचितानन्दले आइसियुको कक्षमै आफ्नो पक्षको बैठक गर्थे । उक्त कक्षमा निकै ठूलो भिड लाग्ने गथ्र्यो । उनले बैठक गर्दै गरेको भिडियो केही मिडियाबाट सार्वजनिकसमेत भयो

अन्तत्वगत्वा यही चैत १५ गते सुनिताको निधन भयो । निधन हुनासाथ प्रहरीले डा. सचितानन्दलाई आइसियुको बेडबाटै पक्राउ गरेर हिरासतमा राख्यो । सामान्यतः आइसियुमा रहेको बिरामीलाई हिरासतमा राखिँदैन । सोही ठाउँको बाहिर ढोकामा प्रहरीलाई पहरा गर्न खटाइन्छ । त्यसैले श्रीमतीमाथि कुटपिटको अभियोग लागेका डा. यादवलाई चिकित्सक र प्रहरीको सेटिङमै अस्पतालको आइसियु बेडमा बसेर बैठक राख्ने सुविधा दिइएको थियो भन्ने अनुमान लगाउन अप्ठेरो छैन । ज्यान मुद्दा लागेपछि मात्रै लजगालले उनलाई अस्पतालबाट उठाएर हिरासतमा लगिएको हो ।

सुनिताको मृत्यु कुटपिटकै कारणले भएको हो या अन्य कारणले ? भन्ने कुराको पुष्टि गर्ने भनेको डा. सचितानन्दका सहकर्मीहरूले नै हो । त्यसैले यो मुद्दा निर्मला पन्तको बलात्कार तथा हत्याको मुद्दाभन्दा पनि निकै पेचिलो हुन सक्छ । कुटपिटबाट सख्त घाइते भएर करिब दुई सातासम्म अस्पताल बस्ने क्रममा उपचारमा चरम लापरबाही भएका कारण सुनितालाई अन्य रोगले पनि आक्रमण गरेको थिएन भन्न सकिन्न । किनकि, बिरामीको बहानामा अस्पतालको आइसियुमा बसेर उनका श्रीमान् डा. सचितानन्दले श्रीमती सुनिताको उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूलाई के–के गर्न प्रेरित गरे ? भन्ने कुरा रहस्यमै छ ।

आफ्नी छोरीलाई पढाएर आफ्नै खुट्टामा उभिने बनाउनुको सट्टा छोरी पढाउन लाग्ने खर्च ज्वाइँलाई दाइजो दिन उपयुक्त ठान्ने संस्कार नेपालको मधेसी समुदायमा अझै बाँकी छ । यसको उदाहरणका रूपमा सुनिता तथा उनका माइतलाई दिन सकिन्छ । किनकी बिहे हँुदा सुनिता आएस्सी की विद्यार्थी थिइन् । आजभन्दा दुई दशक अघि आइएसीकी विद्यार्थी सुनिता बाबु आमाले चाहेको भए डाक्टर बन्ने हैसियत राख्थिन् ।

एउटा रोग लागेर अस्पताल भर्ना भएका बिरामी अर्कै रोगले मरेका धेरै उदाहरण छन् । सुनिताको सन्दर्भमा पनि त्यही अवस्था सिर्जना गर्ने मौका उनका श्रीमान् डा. सचितानन्दले पाएनन् भन्ने आधार छैन । सुनिताको मृत्यु निमोनियाका कारण भएको भनेर प्रतिवेदन आयो भने पनि आश्चर्य नमाने हुन्छ । नेपालमा सानाका लागि ऐन र ठूलाका लागि चयन हुने गरेको घटना नयाँ होइन । पहुँचवालाहरू जस्तो सुकै अपराधबाट पनि उम्कने गरेका उदाहरण छन् । किनकी उनीहरूले प्रमाण नष्ट गर्ने, प्रहरी प्रशासन तथा न्यायलयको जनशक्तिलाई आफ्नो पक्षमा खरिद गर्ने सम्मको हैसियत राख्छन् ।

अझै ढुंगेयुगमै हाम्रो समाज
अहिलेसम्मको कटुसत्य यही हो कि डा. श्रीमान्ले कुटेर सुनिता मरिन् । जसले मारेको हो उसकै नामको सिन्दुर पहिराएर उनलाई दागबत्ती दिइयो । डा. श्रीमान्ले सुनिताले छोरा छोरी नपाएको भनेर भारतको बिहारबाट कान्छी श्रीमती ल्याएका थिए । कान्छी सितै उनको रंगरस चल्थ्यो । उनी वीरगञ्ज बस्थे । उनी सरकारी अस्पताल अर्थात् नारायणी अन्चल अस्पतालका डा. हुन् । उनैले सुनितालाई आफ्ना बुबा आमाको सेवामा रहनु भनि मूल घरमा खटाएका थिए ।

वेला वेलामा उनी गाडी दाइजोमा चाहियो भन्न जेठी श्रीमती सुनिताको बाउ आमाको घर आउँथे । किनभने उनले प्राइभेट क्लिनिक खोल्ने योजना बनाएका थिए । सुनितालाई मार्नु अघि डा श्रीमान्ले पटक–पटक कुट्थे । आइरन तताएर डाम्थे । सुनिताले लोग्नेले कुट्यो भनेर पहिले नै उजुरी दिएकी थिइन् । तर, डा. सचितानन्दको पहुँचका कारण पुलिसले घरको मामिला भनेर सामान्य रूपमा लिइरह्यो ।

आफ्नी छोरीलाई पढाएर आफ्नै खुट्टामा उभिने बनाउनुको सट्टा छोरी पढाउन लाग्ने खर्च ज्वाइँलाई दाइजो दिन उपयुक्त ठान्ने संस्कार नेपालको मधेसी समुदायमा अझै बाँकी छ । यसको उदाहरणका रूपमा सुनिता तथा उनका माइतलाई दिन सकिन्छ । किनकी बिहे हँुदा सुनिता आएस्सी की विद्यार्थी थिइन् । आजभन्दा दुई दशकअघि आइएसीकी विद्यार्थी सुनिता बाबु आमाले चाहेको भए डाक्टर बन्ने हैसियत राख्थिन् । पढाएमा तेज भएकाहरूले नै साइन्स पढ्छन् । तर, एमबिबिएस पढाउन छाडेर उनलाई विवाह गरियो ।

विवाहका क्रममा २० लाख रूपैयाँ दाइजो दिइयो । २० लाख रूपैयाँले त्यो जमानामा एमबिबिएस पढाउन पुग्थ्यो । त्यतिवेला दुलाहा सचितानन्द डा. भइसकेका थिएनन् । डाक्टर बन्नका लाग रसिया पढ्न जाने तयारीमा थिए । सुनिताका बाबु–आमाले दिएको त्यही २० लाख रूपैयाँले सचितानन्द डाक्टर बने । अर्थात सुनिताका बाबु आमाले आफ्नै मेधावी छोरीलाई पढाएर डाक्टर बनाउनुभन्दा २० लाख रूपैयाँ दाइजो दिएर ज्वाइँ सचितानन्दलाई डाक्टर बनाउने बाटो रोजे । दाइजो दिने रकमले आफ्नै छोरीलाई डाक्टर बनाएको भए सुनिताकी आमा तथा दाजुहरूले अहिले यसरी पुर्पुरोमा हात राखेर रुनुपर्ने दिन आउने थिएन । बरु डाक्टरकी आमा, डाक्टरका दाजुभाइ भनेर समाजले उनीहरूलाई प्रतिष्ठा गर्ने थियो । समाजमा अरू चेलीहरूका लागि पनि उच्च शिक्षा हासिल गर्ने प्रेरणा मिल्ने थियो ।

यसैगरी, माइती पक्षको कमजोरी अरू मामिलामा पनि देखिन्छ । ज्वाइँ सचितानत्दले छोरी माथि अत्याचार गरेको सुनिताका माइतीलाई थाहा थियो । तर, पनि सुनितालाई घरमै बस्न दबाब थियो । होलीको दिन माइत आउँदा सुनिता विक्षिप्त थिइन् । कहिले होसमै बोल्थिन् कहिले बर्बराउथिन् । पहिला पहिला पनि कुट्दा बरबराउने गरेकोले परिवारले तुरुन्तै ध्यान दिएनन् । अनि बेलुका सुत्ने वेला लुगा खोल्दा थाहा भो जीउभरि निलडाम छन् । अस्पतालको चक्कर सुरु भो । केही दिनमा उनी मरिन् । करोड रूपैयाँ दिन्छौँ कुरा मिलाउँ भनेर सचितान्दको पक्षबाट माइती पक्षमा कुरा पुगेको समाचार केही मिडियामा आएका पनि छन् । यो प्रकरणमा माइती पक्ष पनि उत्तिकै दोषी छ ।

२० लाख रूपैयाँ दाईजो दिनुको सट्टा किन सुनितालाई नै पढाइएन ? छोराछोरी पाइन भनेर कुट्ने र आइरनले डाम्ने गर्दा पनि सुनिताका माइती पक्षले किन वास्ता गरेनन् ? घरेलु हिसामा मेलमिलाप गराइएका जोडीलाई पछिसम्म पनि काउन्सिलिङ र फलोअप गर्ने व्यवस्था सुनिताको हकमा प्रहरीले किन गरेन ? बिहे भएर गइसकेपछि र घर खान नसक्ने अवस्था आएपछि माइतीले संरक्षण दिन मिल्दैन ? माइतीको ढोका बन्द हुन्छ हो ? कुनै नियम छैन यस्तो अवस्थामा छोरी जोगाउने ? श्रीमान्ले सौता हाल्दा सुनिताले किन बहुविवाहको मुद्दा हाल्न सकिनन् ? त्यो रोक्ने को हो ? त्यत्रो अत्याचार भएपछि अंश लिएर छुट्टै बस्न सुनिता किन सकिनन् ? लोग्नेले कुटेर बरबराउँदै माइत आउँदा पनि पहिला पनि यस्तै भएकोले होस गरिएन भन्ने छुट कहाँबाट आयो माइतीलाई ?

प्रतिक्रिया