त्रिभुवन विश्वविद्यालयको पथ

न्हुंछेनारायण श्रेष्ठ,

सन् २००४ देखि विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको तह निर्धारण गर्दै आइरहेको बेलायतको टाइम्स हायर एजुकेसन संस्थाले सन् २०१९ का लागि गरेको मूल्यांकनमा त्रिवि उत्कृष्ट एक हजार विश्वविद्यालयहरू मध्येको एक भएर आफ्नो स्थान सुरक्षित बनाउन सफल भएको छ । संस्थाले गत सेप्टेम्बर २५ देखि २७ तारिखसम्म सिंगापुरमा गरेको विश्व प्राज्ञिक सम्मेलनबाट औसत अंक हासिल गरी त्रिवि ८०१–१००० को सूचीमा स्थान ओगट्न सफल भएको हो ।

देश विकासको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने तथा हालसम्म नेपालमा उच्च शिक्षा प्रदान गर्ने नेपालमा एघार वटा विश्वविद्यालयहरू, चार वटा प्रतिष्ठान स्थापना भएता पनि उच्चशिक्षामा करिब ८० प्रतिशत भार बोक्ने मुलुककै अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयको स्थापना ०१६ सालमा भएको हो । त्रिविका ५० वटा आंगिक क्याम्पस, १ हजार ६३ वटा सम्बन्धन प्राप्त क्याम्पस र ४ वटा अनुसन्धान केन्द्र, ४ वटा संकाय र पाँच वटा अध्ययन संस्थानहरू छन् । त्रिवि ऐन २०४९ बमोजिम नेपाल सरकारले केन्द्रीय विश्वविद्यालयको रूपमा मान्यता प्रदान गरेको संस्था त्रिभुवन विश्वविद्यालयले देशमा आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादनमा अब्बल देखिएको छ ।

त्रिभुवन विश्वविद्यालयले आम नागरिकहरूलाई शिक्षित बनाउने मूल ध्येय बोक्दै शिक्षामा गुणस्तरीय, बैज्ञानिकीकरण गर्दै जाने अठोटका साथ उभिएको संस्था रहेकैले विद्यार्थीहरूको चाप यसै विश्वविद्यालयमा बढ्न गएको देखिन्छ । सन् २००४ देखि विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको तह निर्धारण गर्दै आइरहेको बेलायतको टाइम्स हायर एजुकेशन संस्थाले सन् २०१९ का लागि गरेको मूल्यांकनमा त्रिवि उत्कृष्ट एक हजार विश्वविद्यालयहरू मध्येको एक भएर आफ्नो स्थान सुरक्षित बनाउन सफल भएको छ । संस्थाले गत सेप्टेम्बर २५ देखि २७ तारिखसम्म सिंगापुरमा गरेको विश्व प्राज्ञिक सम्मेलनबाट औसत अंक हासिल गरी त्रिवि ८०१–१००० को सूचीमा स्थान ओगट्न सफल भएको हो ।

त्रिवि को यसप्रकारको सफलताले नेपालमा त्रिविको साख गि¥यो, गुणस्तर खस्कियो भन्नेलाई दह्रो जवाफ दिन समेत सफल भएको छ । यस सफलता सँगसँगै त्रिवि अब विश्वस्तरीय बन्नपुगेको छ र विश्वस्तरीय शिक्षा प्रदानका लागि आवश्यकपर्ने सुधारहरू गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । त्रिवि ले शिक्षाको गुणस्तर, बैज्ञानिकीकरण, गुणस्तरीय र समय सापेक्ष बनाउनका लागि ल्याएको भिजन २०२०–०३० निर्माण गरी समग्रमा शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधान गर्ने र देश संघीय संरचना अनुरूप सञ्चालनका लागि त्रिवि को भिजनले समेटीएको छ ।

अहिलेको वर्तमान अवस्थामा मुलुकमा बहुविश्वविद्यालयको अवधारणापछि पनि त्रिविले आफ्नो दायीत्व बहन गर्दै आइरहेकै छ । अहिलेको वर्तमान समयमा त्रिवि बाट उपाधि हासिल गरेका विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्नु चुनौतीपूर्ण कार्य रहेको हुँदा शिक्षालाई रोजगारीमूलक बनाउनुपर्ने आवश्यकता रहेको छ । नेपालको संविधानले शिक्षा र रोजगारलाई मौलीक हकको रूपमा सुनिश्चितता प्रदान गरेको । अहिलेको अवस्थामा शिक्षा क्षेत्रलाई राजनीतिक चुंगलबाट टाढा राख्दै उच्च शिक्षा क्षेत्रमा वैज्ञानिकीकरण र समयसापेक्ष परिमार्जन गर्दै अघि बढ्नुपर्ने र उत्पादीत जनशक्तिलाई रोजगारीको व्यवस्था स्वदेशमै निर्माण गर्नुपर्ने त्रिभुवन विश्वविद्यालय सामु चुनौती रहेको छ ।

त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक उपाधिलाई विश्वका अन्य विश्वविद्यालयहरूले समेत समकक्षता प्रदान गर्दै आइरहेको छ । त्रिभुवन विश्वविद्यालय दक्षिण एसियाकै उत्कृष्ट विश्वविद्यालयको रूपमा रहेको छ । त्रिभुवन विश्वविद्यालयले समयानुकुल शिक्षा प्रदान गर्दै समग्रमा देश विकासको लागि आफ्नो दक्षता, सीप प्रस्तुत गर्दै अघि बढिरहेको छ । वर्सेनि त्रिवि बाट दिक्षीत हुनेहरूको संख्या बर्सेनि बढ्ढै गइरहेको छ जस्ले गर्दा त्रिवि मा अध्ययन गर्नेहरू झनै बढेका छन् ।

दिक्षीतहरूले गरेको अध्ययन, अनुसन्धान, खोजले देशमा विकराल समस्याको रूपमा रहेको बेरोजगारी, गरिबी, अन्त्यका लागि नेपालमै महत्वपूर्ण भूमिका खेल्नुपर्ने आजको आवश्यकता रहेको छ । शिक्षा क्षेत्रमा सुधारका लागि इन्जिनियरिरू, शिक्षाशास्त्र, चिकित्साशास्त्र लगायतका संकायहरूमा विद्यार्थीहरूको प्रवेश परीक्षा समेत कम्प्युटर प्रणालीवाट विगत बर्षहरू देखि शुरु गरिसकेको छ । त्रिविले सेमेस्टर प्राणाली स्नातकोत्तर तहमा लागु गरिएकै कारण अब्बल उत्पादन गर्न सक्षम भएको देखिन्छ भने स्नातक तहमा थुप्रै विषयहरू सेमेष्टर कार्यक्रम अन्तर्गत सञ्चालित छन् । त्रिविले पाठेयक्रम र पाठ्यसामग्रीमा आवश्यक सुधार गरिरहेको छ ।

त्रिवि ले आगामी फागुनमा स्ववियू निर्वाचन गर्ने जनाएको छ भने त्रिवि एल्मुनाईको पहिलो साधारणसभा समेत सम्पन्न गरिसकेको छ । त्रिवि ले उच्च शिक्षामा सबैको समान पहुँच पुगोस भन्ने उद्देश्यका साथ नेपालमा खुला तथा दूर शिक्षा कार्यक्रमलाई महत्वका साथ लागू गरिसकेको छ । त्यस्तै गरी त्रिवि ले शैक्षिक क्यालेन्डर निर्माण र प्रयोग गर्ने कार्यलाई व्यवस्थित गरिएको, त्रिवि केन्द्रीय परिसरमा आइटी सेन्टरको स्थापना, परीक्षासम्बन्धी कार्यहरूलाई अनलाइन सेवा प्रवाहको सुरुवात यसै दिक्षान्त समारोहको अनलाइन फाराम भर्ने कार्यबाट सुरु गरिएको, १६० वटाभन्दा बढी विश्वविद्यालयहरूसँग द्विपक्षीय सम्झौता गरिएको, डिजिटल कक्षाकोठा, पुस्तकालय, क्रेडिट ट्रान्सफर र डयुअल डिग्री कार्यक्रममार्फत त्रिवि लाई विश्वस्तरमा उतार्ने महत्वपूर्ण प्रयास गरिएको, त्रिविमा गुनासा सुन्नका लागि अनलाइनको व्यवस्था गरिएको त्रिविका नौ वटै डिन कार्यालयहरूलाई सशक्तीकरण गराई अन्तराष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरूसंग सहकार्य गर्ने, संयुक्त अनुसन्धान, प्रकाशन गर्ने/गराउने, स्वायत्त स्कुल र विभाग परिचालन गर्ने र उच्च स्तरका शैक्षिक संस्था जो आफैमा स्वायत्त छन्, त्यस्ता संस्थालाई स्वायत्त संस्थाका रूपमा स्थापना गर्ने महत्वपूर्ण रणनीति बनाउंदै त्रिवि लाई शिखरको बाटोतर्फ लम्काउने काम भइरहेकोले त्रिवि का बारे अर्नगल प्रचार प्रसार गरिनु सकारात्मक मान्नसकिँदैन ।

त्रिविको प्रगति उन्नतिका लागि शिक्षक, कर्मचारी र विद्यार्थी वर्गको महत्वपूर्ण भूमिका रहन्छ । अतः त्रिवि मा देखिएका विकृति, विसंगति हटाउनका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको छ । देश संघीयतामा गइसकेपछि नेपाल सरकारले सातवटै प्रदेशमा विश्वविद्यालयको स्थापना गरिसकेको छ ।

त्रिवि ले आफ्ना आंगिक र सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थीत र पारदर्शी बनाउँदै अघि बढेकै कारण त्रिविमा अध्ययन गर्नेहरूको चाप अझै घट्न सकिरहेको छैन । ०७२ को भूकम्प पश्चात पुनः निर्माण कार्यका लागि विशेषत सरकारी र गैह्र सरकारी क्ष्ोत्रबाट त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका दक्ष प्राविधिकहरू नै पहिलो रोजाई पर्नु र पुनःनिर्माण कार्यले गति लिनु नेपालकै लागि गर्वको विषय बनेको छ । त्रिभुवन विश्वविद्यालयले आफ्नो देशभित्रै दक्ष चिकित्सक, इन्जिनियर, वकिल, राजनीतिकर्मी, प्राध्यापक, शिक्षक आदि दक्ष जनशक्ति उत्पादन गरिरहेको छ । वनविज्ञान, कृर्षि, पशुविज्ञान, मानविकी तथा सामाजिकशास्त्र, कानुन, इन्जिनियरि«, मेडिकल सबै क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्ने संस्था त्रि.वि भएकोले नेपाल निर्माणमा समेत यस्को महत्वपूर्ण स्थान रहेको छ । नेपाल सरकारको समृद्घि र विकासलाई सार्थकता तुल्याउनसमेत त्रिविको भूमिका महत्वपूर्ण हुनु आवश्यक रहेको छ ।

राष्ट्रिय राजनीतिमा भएको परिवर्तन सँगसँगै विश्वविद्यालयमा समेत राजनीतिक भागवन्डाको आधारमा राजनीतिक नियुक्ति हुने गलत परम्पराले गर्दा त्रिभुवन विश्वविद्यालयसमेत अछुतो रहन सकेन जस्का कारण त्रिवि आफ्नो उद्घेश्य र कर्तव्यमा पुग्न सकिरहेको छैन् । त्रिविले आफ्ना पाइलाहरू शैक्षिक गतिविधिमा केन्द्रीत गर्दै त्रिविमा हुने गरिएको राजनीतिक नियुक्ति अन्त्य गर्दै योग्य र वरिष्ठता क्रमअनुसार नियुक्ति गर्नुपर्ने आवश्यकता रहेको छ ।

प्रतिक्रिया