होलीको दिनमा जबरजस्ती रङ दल्ने ५ महिलासहित १९४ जना पक्राउ

काठमाडौं । आज होलीको दिनमा जबरजस्ती रङ दल्नुका साथै बिभिन्न उछृङ्खल क्रियाकलाप गरेको आरोपमा काठमाडौंका बिभिन्न स्थानबाट प्रहरीले ५ महीलासहित एकसय ९४ जनालाई पक्राउ गरेको छ ।

राजधानीको दरबारमार्ग, ठमेल, वसन्तपुर, भृकुटीमण्डप, महाराजगञ्ज, नयाँ बानेश्वर लगायतका स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले होली आउनुभन्दा केहीदिन अगाडिदेखि नै विशेष सुरक्षा योजना लागू गर्दै जथाभावी रङ दल्ने र लोला हान्नेदेखि गलत कार्य गर्नेलाई पक्राउ गर्ने जानकारी दिँदै आएको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुलाई कसुर अनुसार मुद्दासमेत चलाइने बताइएको छ ।

प्रतिक्रिया