अमेरिकामा नेकपाका अध्यक्ष दाहालविरुद्ध आतंककारीको उजुरी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका गएलगत्तै उनिविरुद्ध अमेरिकामा आतंककारीको उजुरी परेको छ ।

अमेरिकाको केन्‍टुकी विश्विविद्यालय फ्र्यांकफोर्ट केवाईका अनुसन्धान सहायक तीलबहादुर श्रेष्ठले १७ मार्चमा संघीय अनुसन्धान ब्यूरो बाल्टिमोर एमडीमा अध्यक्ष दाहालमथि आतंककारीविरुद्ध उजुरी दिएका छन् ।

उक्त उजुरीमा, आतंककारी पुष्पकमल दाहाल प्रचण्ड अमेरिका भ्रमणमा आउने जानकारी प्राप्त भएको छ, ‘भनिएको छ । केही समय अगाडि अध्यक्ष दाहाल अमेरिकन आतंककारीको सुचीमा परेका थिए । मावाेवादी जनयुद्धकाे बेला उनले गरेको विद्रोहमा १७ हजारभन्दा बढी नेपाली जनताले ज्यान गुमाएका थिए । उनी श्रीमती सीता दाहालको उपचारका लागि जोन हकिन्स अस्पतालमा जाने जनाइएको छ । यस्ताे छ उजुरी

प्रतिक्रिया