पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने पनि बताए ।
उनले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्तिसमेत जनाए । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुशलगाउन खोजेको सभापति देउवाको आरोप छ ।
उनले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक भएको धारणा राखे । वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको उनले आरोप लगएका छन् । प्रजातन्त्रका विरुद्ध हुने जुनसुकै गतिविधि कांग्रेसलाई सैह्य नहुने सभापति शेरबहादुर देउवाको भनाइ छ ।
प्रतिक्रिया