विराटनगर । नेपाली कांग्रेसमा आसन्न महाधिवेशनलाई लिएर पार्टीभित्र संस्थापन पक्षविरुद्ध अन्य गुट एकजुट हुन थालेका छन् । सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट बनेका अन्य नेता तथा जिल्ला सभापतिहरू एकजुट हुन थालेका हुन् ।
देउवाले कोइराला परिवारको गढ मानिने विराटनगर पुगेर जिल्ला सभापतिहरूलाई ठाडो चुनौती दिएका छन् । उनले जिल्ला सभापतिलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका हुन् । ‘पार्टीका जिल्ला सभापतिहरूको कतिपय विषयमा असहमति हुन सक्छ र कतिपय कुरा जायज पनि हुन सक्छ
स्वतः प्रतिनिधि हुनपाउने प्रावधान विधानबाट सच्याउन माग राख्दै आएका जिल्ला सभापतिको मागमा सहमति जनाउदै देउवाविरुद्ध एकरूपमा प्रस्तुत हुने तयारी गरिरहेका छन् । ५६ जिल्ला सभापतिले मंगलबार विज्ञप्ति निकाल्दै सो प्रावधान नराखे विशेष केन्द्रीय महाधिवेशन बोलाउन हस्ताक्षर गर्ने चेतावनी दिएका थिए । यसविषयमा बुधबार नेता प्रकाशमान श्रेष्ठको चाक्सीबारीस्थित निवासमा संस्थापनइत्तर पक्षका नेताहरू भेला भएका थिए ।
भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री शंशाक कोइराला, शेखर कोइराला, अर्जुननरसिंह केसीले पार्टीलाई एकताबद्ध बनाउन देउवाको कार्यशैलीविरुद्ध एक भएर लाग्ने निष्कर्षमा उनीहरू पुगे । भेलाले सभापति देउवाले बहुमतका आधारमा एकलौटी रूपमा पार्टी चलाउन खोजेको, महासमितिको निर्देशनलाई समेत अटेरी गरेको, भ्रातृ संस्थालाई पंगु बनाउन अधिवेशन नगराउन खोजेको आरोप लगाएको छ ।
बाहिरी रूपमा यस्ता आरोप लगाए पनि अब गठन हुन लागेको अनुशासन समिति र निर्वाचन समितिमा भागबण्डा खोज्न सो समूह एक जुट भएको एकथरी नेताहरूको बुझाइ छ । पाच सदस्यीय अनुशासन समितिमा पौडेलले दुई र सिटौलाले एक सदस्य मागेका छन् । मागेजति सदस्य नदिने भएपछि १४ फागुनको केन्द्रीय समिति बैठक बहिष्कार गरका थिए । यसबीचमा चैत्र ४ गते देउवाले पुन केन्द्रीय समिति बैठक आव्हान गरेका छन् । तर, आफू अल्पमतमा हुनेगरी देउवाले सो समितिमा तीन सदस्य नदिन सक्छन् । संस्थापन इत्तर समूहले तत्कालका लागि सो समूह मोर्चाबन्दीमा रहेपनि महाधिवेशनसम्म एक भएर जान नसक्ने निष्कर्ष देउवा समूहको रहेको छ ।
सोही निष्कर्षका कारण देउवाले कोइराला परिवारको गढ मानिने विराटनगर पुगेर जिल्ला सभापतिहरूलाई ठाडो चुनौती दिएका छन् । उनले जिल्ला सभापतिलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका हुन् । ‘पार्टीका जिल्ला सभापतिहरूको कतिपय विषयमा असहमति हुन सक्छ र कतिपय कुरा जायज पनि हुन सक्छ,’ पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘जिल्ला सभापतिहरू कुरो बुझ्छु ।’ देउवाले महासमिति बैठकमा उक्त विषयहरू उठेको तर निर्णय नभएकाले विधानमा संशोधन नगरिएको दाबी गरे ।
यता, जिल्ला सभापतिले भने केन्द्रीय समिति बैठक आफ्नो निर्णयबाट पछि नहटे विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने तयारीमा छन् । निर्णय सच्याउन समय दिने तर महासमितिले गरेको निर्णयअनुसार नै केन्द्रीय समितिले निर्णय नगरे आफूहरू चुप लागेर नबस्ने नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए । ‘निर्वाचनबाट डराउने, बुथमा जान नचाहने र कसैले क्रेनले जस्तै ल्याएर थमाइ दिएको पदमा रमाउनेहरूले नै महासमितिको निर्णय उल्ट्याएका छन्,’ केसीको भनाइ छ । सभापति देउवा केही व्यक्तिको चंगुलमा फसेका कारण महासमितिको निर्णय केन्द्रीय समितिले उल्टाएको उनले भने ।
पार्टीमा अहिले संस्थापन पक्ष बलियो अवस्थामा रहेको छ । विभिन्न पाँचवटा गुटमध्ये देउवा केन्द्रीय समितिमा बहुमत रहेकाले उनी आसन्न महाधिवेशनमा जित हासिल गर्ने गरी विधान बनाइरहेका छन् । यसका लागि देउवाले जिल्ला दौडाहा पनि सुरु गरिसकेका छन् । उनी ६ दिनका लागि विभिन्न जिल्ला भ्रमणमा बिहीबार नै निस्किएका छन् । उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काको बलियो साथ पाएका सभापति देउवा समूहमा सह–महामन्त्री प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, चित्रलेखा यादव, एनपी साउदजस्ता प्रभावशाली नेताहरू छन् ।
अन्य समूह एकजुट भएपनि केन्द्रीय समितिमा बहुमत नहुने भएपछि आफ्ना माग लागू गर्न उनीहरूले केन्द्रीय समिति नै बहिष्कार गर्ने चेतावनीसमेत दिइरहेका छन् । यद्यपि, यस्ता क्रियाकलाप प्रजातान्त्रिक प्रक्रिया नै भएको देउवाको भनाइ छ । सभापति देउवाले आफू अनुकूल नभए महाधिवेशन लम्ब्याउने संकेत पनि गरेका छन् । देउवाले आफूलाई पार्टी चलाउन कसैले रोक्न नसक्ने दाबी गर्दै भने, ‘तीन वर्षदेखि पार्टी सञ्चालन गर्दै आएको र अहिले पनि गर्न कसैले रोक्दैन ।’ उनले परिस्थिति अनुकूल भए समयमै महाधिवेशन गराउने बताए । ‘समयमा नै महाधिवेशन गराउँछु तर त्यो परिस्थितिअनुसार हुन्छ,’ उनले भने, ‘देउवाले आफ्नोविरुद्ध लाग्नेलाई पार्टीको चुनावले जवाफ दिन्छ ।’
प्रतिक्रिया